Aamsanchar

औषधि व्यवसायी संघ झापाको सहजीकरणमा २१ परिवारलाई खाद्यान्न वितरण

Author Image
सोमवार, भदौ २८, २०७८

बिर्तामोड। नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले  बिर्तामोडमा रहेका अपांगता भएका परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

बिर्तामोड वडा नम्बर ६ का अपांगता भएका २१ परिवारलाई राहत वितरण गरिएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए । संघले यसअघि पनि लकडाउनको समयमा १४१ परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान गरेको थियो । लकडाउनको अवस्थामा आयश्रोत ठप्प भएर संकटमा परेर दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि राहत उपलब्ध गराइएको उनले बताए ।

खड्काको अध्यक्षता एवम् बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा समाजसेवी आशिष बन, व्यवसायी डिल्लु कोइराला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अपांगता स्वालम्बन संस्थाका अध्यक्ष दिपक थापालगायतले दातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

महासचिव खड्का सञ्चालक रहेको बिर्तामोडस्थित त्रिशुल फर्माको १४ औँ स्थापना दिवसको अवसरमा १० परिवार र  डिल्लु कोईरालाको तर्फबाट ११ परिवारलाई सहयोग वितरण गरिएको हो ।

कार्यक्रममा स्वागत संघका सदस्य प्रल्हाद ढुंगानाले गरेको थिए भने कार्यक्रमको सञ्चालन अपांगता स्वालम्बन संस्थाका हरि अधिकारीले गरेका थिए । कार्यक्रममा राहतस्वरुप चामल, दाल, तेल, नुनलगायतका खाद्यन्न सहयोग गरिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 407

प्रतिक्रिया (०)

सम्बन्धित खबर