Aamsanchar

मोटरसाइकलको ठक्करबाट ४० वर्षीया महिलाको मृत्यु

Author Image
मङ्गलवार, भदौ २९, २०७८

काठमाडौं – सप्तरीको राजगढ नगरपालिका–५, मलेखपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानीय ४० वर्षीया रमादेवी दासको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब साढे ७ बजे पैदल हिँडिरहेकी महिलालाई स८प ८६८२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलसहित चालकलाई प्रहरीचौकी पत्थरगढाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर