Aamsanchar

३० लाख जरिमाना र ७ दिन कैद फैसला सुनाइएका बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

Author Image
मङ्गलवार, भदौ २९, २०७८

काठमाडौं – बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना र सात दिन कैद फैसला सुनाइएका एक जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन् ।

अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दीपकलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो । दीपकलाई उच्च अदालत पाटनले ०७६ साल फागुन १८ गते बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमान र ७ दिन कैद फैसला सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर