Aamsanchar

काँकरभिट्टा बजारमा भेडे खुर्सानी व्यापार मनग्गे

Author Image
बुधवार, भदौ ३०, २०७८

मेचीनगर । पछिल्लो समय भेडे खुर्सानीको माग बजारमा निक्कै बढेको छ । तरकारी तथा सलादका लागि समेत प्रयोग गर्न सकिने भएकाले पनि अहिले काँकरभिट्टाका सब्जी बजारमा यसको खरिद गर्ने ग्राहकको भीड ठूलै रहेको सब्जी व्यवसायीहरुको भनाई छ । भेडे खुर्सानी हरियो फलको प्रयोग गरिन्छ भने, सलाद, पकाएको तरकारी वा अचार बनाएर पनि प्रयोग गर्न सकिने व्यपारीको भनाई छ । यसको बासना र स्वाद धेरैलाई मीठो हुने गर्दछ ।

बजारमा भेडे खुर्सानीको मग बढेसँगै व्यवसायिकरुपमा यसको खेती गर्ने व्यवसायीहरु पनि क्रमस बढ्दै गएका छन् । यसको व्यवसायिक खेती गर्न जाने छोटो समयमै राम्रो आम्दानी लिन सकिने तथा सहज सरल र सबैले मनपराउने तरकारी खेती भेडे खुर्सानी भएकाले खेतीतर्फ किसानको आर्कषण बढेको बताइएको छ । यो खुर्सानि स्वास्थ्यका लागि पनि निक्कै लाभदायक भएकाले दिनप्रतिदिन यसका ग्राहक बढ्दै गएको मेचीनगर—६ काँकरभिट्टाका सब्जी व्यपारी मोहन राउतको भनाई छ ।

यो पहाडी जिल्लाबाट आउने विषादीरहित भएकाले पनि यसको फाइदा हुने राउतको भनाई छ । अहिले काँकरभिट्टाको सव्जी पसलमा प्रतिकेजी दुईसय रुपैयाँमा विक्री हुने उहाँको भनाई छ । भेडे खुर्सानीको सेवनले ठन्डी, दम, श्वासप्रश्वास प्रणालीमा समस्या र अर्वुद रोगसँग लड्ने क्षमता बढाउँने तथा भिटामिन ए र सी पाईने बताइएको छ ।

यो खुर्सानि भारतबाट समेत आयात हुने गरेको छ । तर, भारतबाट आयात गरिएको खुर्सानिमा रसायनिक मल प्रयोग गरिएका कारण उपभोक्ताले स्वदेशी उत्पादन नै खोज्ने उहाँको भनाई छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाका अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ को एकवर्षे अवधिमा काँकरभिट्टा नाका भएर ४ लाख ८० हजार रुपैयाँ मुल्य बराबरको ३० मेट्रिक टन यो खुर्सानि आयात भएको छ ।

बजारमा यसको माग बढेसँगै अभाव हुने गरेको अर्का सव्जी व्यवसायी सुरज भुर्तेलको भनाई छ । यो खुर्सानि सब्जी तथा सलादका लागि ठूल्ठूला देखि सामान्य होटल र गाउँघरतिर पनि खपत हुने गरेको छ । खासगरी, फ्राई राइस, चाउमिनमा यो अत्यधिक प्रयोग हुने गरेको छ ।

उत्पादित फल स्थानीय स्तरमा सङ्कलन केन्द्र वा बजारमा पुर्याएर आफैंले वा थोक वा खुद्रा व्यापारी मार्फत बिक्री गर्न सकिने व्यवसायीहरु बताउँछन् । पहाडी भेगमा भन्दा तराईमा सफल यो खेती पहाडमा यति धेरै क्षेत्रफलमा नलगाइएको कृषि प्राविधिकहरको भनाई छ । यसको खेती विभिन्न भौगोलिक क्षेत्रमा प्लाष्टिक गुमोजरघर भित्र वा खुला खेतमा विभिन्न समयमा गर्न सकिन्छ ।

तराईमा हिउँदे बालीको रुपमा भाद्र–आश्विनमा बेर्ना सारेर कात्तिक–चैत्रमा बाली लिन सकिन्छ भने मध्य–पहाडमा बसन्ते बालीको रुपमा माघ–फाल्गुणमा लगाएर बैशाख–आषाढमा र उच्च पहाडमा वर्षे बालीको रुपमा प्लाष्टिक घरभित्र बैशाख–जेष्ठमा बाली लगाएर श्रावण–कात्तिकमा बाली लिन सकिन्छ । यातायातको सुविधा भएका र अधिकाँश बजारमा यसको माग बढीरहेकाले यो खुर्सानिका लागि बजारको खासै समस्या नभएको व्यवसायी कृष्णलाल मगरको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 402

प्रतिक्रिया (०)

सम्बन्धित खबर