Aamsanchar

दमकका रियाजलाई उत्कृष्ठ बाल प्रतिभा सम्मान

Author Image
बुधवार, भदौ ३०, २०७८

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले दमक निवासी – ८ का बाल प्रतिभा रियाज रिजाललाई उत्कृष्ठ बाल प्रतिभा सम्मान प्रदान गरेको छ ।

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा साहित्य चौतारी झापाको आयोजनामा भएको उत्कृष्ठ बाल प्रतिभा सम्मान एवम् साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा मादल, तवला बजाउन निपूर्ण तथा गायनमा अव्वल छ वर्षिय रिजाललाई उत्कृष्ठ बाल प्रतिभा सम्मान प्रदान गरिएको हो ।

साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठले आफ्नो जन्मदिनको दिन झापाका साहित्य, कला र संगीतको क्षेत्रमा उदियमान बालबालिकाको अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको दिन बाल प्रतिभा सम्मान प्रदान गर्नका लागि गतवर्ष बाल प्रतिभा सम्मान स्थापना गरेको घोषणा गरेका थिए ।
सोही घोषणा वमोजिम गत वर्ष झापा बिर्तामोड–२ चारपानेकी बाल गायिका आठ वर्षिया अनुजा कडरियालाई बाल प्रतिभा सम्मान प्रदान गरिएको थियो भने यसबर्ष छ वर्षिय वालप्रतिभा रियाज रिजाललाई बाल प्रतिभा सम्मान प्रदान गरिएको हो ।

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा गत वर्षकी बाल प्रतिभा सम्मानित बाल गायिका नौ वर्षिया अनुजा कडरियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
गत वर्षकी बाल प्रतिभा सम्मानित बाल गायिका कडरियालाई यस वर्ष र यसवर्षको बाल प्रतिभा रियाज रिजाललाई अर्को वर्ष प्रमुख अतिथि बनाइने कार्यक्रममा जानकारी दिइयो ।

संस्थाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेको कार्यक्रममा बाल प्रतिभा रिजाललाई कदर पत्र, खादा, दोसल्ला र नगदसहितको बाल प्रतिभा सम्मान प्रदान गरिएको थियो भने रियाजकी आमा र अनुजाका मातापितालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा छ वर्षिय रिजालले मादल , तवला बजाएर सवैलाई मन्त्रमुग्ध बनाएका थिए भने प्रमुख अतिथि वाल गायिका कडरियाले गीत , बाल नृत्याङ्गना ११ वर्षिया गीर्वाणी पोख्रेलले नृत्य, ११ वर्षीय बाल कवि प्राञ्जल दाहालले कविता, रोहिता तिम्सिना र दिया काफ्लेले गीत प्रस्तुत गरेका थिए । त्यस्तै डिल्लीराम परदेशीले वालकविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी कडरियाले साहित्य चौतारीले आफूलाई प्रमुख अतिथि बनाएर बाल प्रतिभालाई जिम्मेवारउन्मुख बनाउन प्रेरणा प्रदान गरेको बताइन् । त्यस्तै बाल प्रतिभा रिजालले साहित्य चौतारीले आफूले हालसम्म प्राप्त गरेको सम्मान भन्दा उत्कृष्ठ सम्मान प्रदान गरेको बताए ।

सोही कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक/÷संरक्षक देवीभक्त श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर