Aamsanchar

इटहरी उपमहानगरले सहयोग कार्यक्रम गरेर संविधान दिवस मनायो

Author Image
आइतवार, असोज ३, २०७८

इटहरी । इटहरी  उपमहानगरपालिकाले झण्डोतोलन र अपाङ्गताभएकाहरुलाई सहयोग समाग्री वितरण गरेर संविधान दिवस मनाएको छ ।

इटहरी गोल चौकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले झण्डोतोलन पनि  गरेका छन् ।

यसअघि उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले अपाङ्गताभएकाहरुलाई सहयोगी समाग्री वितरण अभियानको शुभारम्भ भएको थियो ।

आज सुरु भएको अभियान अन्र्तगत विभिन्न वडाहरुमा गरि ३ सय ९३ जना अपाङ्गताभएकाहरुलाई सहयोग समाग्री वितरण गरिने बताईएको छ ।

सामाजिक विकास समितिका संयोजक इटहरी वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले इटहरी उपमहानगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रमले अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई जीवन जीउने क्रममा सहजता पुगेको बताएका छन् ।

प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले सहयोगी समाग्रीहरु हिवलचेयर,वाकर,सेतो छडी लगायतका कारण ब्यक्तिगत जीवन पहिलेको भन्दा सहज हुने विश्वास गरेका थिए । सोही कार्यक्रममा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत २ जना ब्यक्तिहरुलाई उपमेयर लक्ष्मी गौतम र वडाध्यक्ष चन्द्र भटटराई मार्फत सिलाई मेशिन समेत प्रदान गरिएको थियोे ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर