![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2021/09/received_716628718899813.jpeg)
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले भोली छोरीहरुलाई ५० वटा साईकल वितरण गर्नलागेको छ । युएनडिपीको सहयोगमा उपमहानगरपालिकाले “किशोरीहरुको सशक्तिकरण नेतृत्व र सम्मान, तुलसीपुरको पहिचान” भन्ने मुल नारा सहित अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल वितरण गर्न लागेको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
तुलसीपुरको मेट्रो कलेजमा हुने वितरण कार्यक्रममा यूएन डिपीका नेपाल प्रतिनिधी आयशनी मेडागन्गोटा लेव आउने कार्यक्रम रहेको तुलसीपुर उपमहागनरपालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । लेब नेपालमा बस्ने यूएन डिपीका सबै भन्दा उच्च पदस्थ व्यक्ति हुन् ।
पर्यावरणलाई जोगाउनुका साथै साईकल सिटीको विकास गर्ने र किशोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले उपमहानगरपालिकाले अघिल्लो बर्षदेखि किशोरीहरुलाई साईकल वितरण गर्दै आइरहेको छ । उपमहानगरपालिकाले अघिल्लो बर्ष महिला दिवसको अवसर पारेर ५३ वटा साईकल वितरण गरेको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा ८ देखि १२ कक्षासम्म अध्यन गर्ने र घरदेखि स्कुलको दुरी आधाघन्टा बढी भएकालाई सम्बन्धित विद्यालयको सिफारिसमा दिने गरेको छ ।
यसैविच यूएन डिपीका नेपाल प्रतिनिधी लेबले तुलसीपुर मेट्रो हस्पिटल, तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको राप्ती शान्ति उद्यानको पनि अवलोक गर्ने कार्यक्रम रहेको छ । यूएन डिपीको हस्पिटललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यक्रम रहेको छ ।