Aamsanchar

फलोअप : प्रकाश शर्माको दुईवटा अप्रेशन सफल, अभियान समितिले गर्यो अर्को महत्वपूर्ण निर्णय

Author Image
बिहिवार, असोज ७, २०७८

बिर्तामोड । वाथ रोगका कारण थलिएका झापा बिर्तामोड–२, चारपानेका प्रकाश शर्माको दुवै तिघ्राको हड्डी फेरिएको छ । १० दिन अगाडी एउटा खुट्टाको अप्रेसन सफल भए पछि विहिबार अर्को खुट्टाको अप्रेसन गरिएको हो ।

समुदायको सहयोगमा जुटेको रकमबाट प्रकाशको उपचार विर्तामोड स्थित बिएण्डसी अस्पतालमा भई रहेको छ । शर्माको उपचार डाक्टर निराजन पराजुलीको नेततृत्वमा भईरहेको छ । डाक्टर पराजुलीका अनुसार १० दिन सम्ममा शर्माको डिस्चार्ज हुने छन् ।

दुई बर्ष देखि अत्याधिक दुखाईका कारण छट्पटिदै जीवन काट्दै आएका पिडित प्रकाशर्माको मुहारमा यतीवेला खुशीयाली आउन थालेको छ । सहयोगी दाताहरुले गरेको आर्थिक सहयोगले प्रकाशको जीवनमा खुसीयाली ल्याएको हो ।

प्रकाशको उपचारको लागि स्थानिय देखि देश विदेशमा रहेका मनकारी दाताहरुले उपलव्ध गराएको रकम हाल सम्ममा १६ लाख ४३ हजार ७ सय २६ रुपियाँ भएको अभियानका सदस्य किरण पौडेलले बताएका छन् ।

उपचार विधी जटिल र खर्चिलो भएका कारण उपचार गर्न नसकेर घरमै पिडा भोग्दै आएको अवस्थामा शर्माको उपचार खर्चको लागि ‘प्रकाश बचाउ अभियान’ले १५ लाख खर्च अनुमान गरेर आर्थिक संकलन गर्न अभियान सुरु गरेको थियो । ८ लाख जति रकम उठिसकेपछी बाँकी ७ लाख सहयोग रकम उठने ठहर गरेर उपचारको लागि प्रक्रिया अघि बढाउने क्रममा विएण्डसी अस्पतालमा अभियान्ताहरुले परामर्श लिदा २२ लाख जती खर्च लाग्ने अस्पतालले बताएपछि अभियन्ताहरुमा यत्रो ठुलो रकम संकलन कसरी गर्ने भन्ने चिन्ता परेको थियो । विरामीको आर्थिक अवस्थाको बारेमा अस्पतालका संचालक दुर्गा प्रसाईंलाई अभियन्ताहरुले जानकारी गराए पछि सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालले १२ लाख रुपियाँमा दुईवटा अप्रेसन गरिदिने प्रतिवद्धा प्राप्त भएपछि प्रकाशको उपचार सहज रुपमा विएण्डसी अस्पतालमा सुरु गरिएको अभियानका संयोजक डिल्लीराम सिटौलाले बताए ।

पिडित प्रकाशको पिडा रोग मात्र रहेनछ उनि कामगर्न नसक्ने भएपछि उपचार गर्नको लागि विभिन्न ठाउँमा धाउदा लागेको ऋण पनि रहेछ । उपचार हुदै गयो दुखाई पिडा काम हुदै गयो तर उनको मुहारमा पूर्ण खुशीयाली भने छाउन नसके पछि हामिले भित्री कुरा पहिचान गर्न थाल्यौ, सोही क्रममा चारपानेको एउटा सहकारीमा १ लाख ५३ हजार ५सय र त्यसै गरी अर्को सहकारीमा ८० हजार ९ सय २६ र एउटा समूहबाट ३९ हजार ऋण दिएका रहेछन् । ऋणको व्याज र आम्दामीको श्रोत ठप्प भएपछि बसोबास गर्दै आएको १० धुर जम्मा लिलामीमा जाने अवस्था रहेको बुझे पछि शर्माको नाममा उठेको १६ लाख ४३ हजार ७ सय २६ रुपियाँ बाट १२ लाख अस्पतालको छुट्याएर बाँकी रहेको रकम मध्येबाट २ लाख ७३ हजार ४ सय २६ रुपियाँ ऋण तिरिदिने निर्णय अभियान समितिले गरेको अभियानका सदस्य अर्जुन मैनालीले आमसंचारलाई जानकारी दिए ।

विहिबार चारपाने स्थित सामुदायिक भवनमा अभियानका संयोजक डिल्लीराम सिटौलाको अध्यक्षतामा बसेको अभियान समितिको बैठकमा अभियान्ताहरु उमेश शर्मा, उपेन्द्र पराजुली, अर्जुन मैनाली,किरण पौडेल, लक्ष्मीप्रसाद घिमिरे, शिवप्रसाद शाह, नवराज सिटौला, सिताराम ढुङगेल, हरि घिमिरे र पिडित प्रकाश शर्माकी श्रीमती राधाकुमारी शर्माको उपस्थिती रहेको थियो ।

प्रकाशको स्वाथ्य अवस्थाको बारेमा आमसंचार डटकमले समाचार प्रकाशन गरेपछि समाचारको आधारलाई विश्वास गरेर सयौं व्यक्ती तथा संस्थाहरुले प्रकाशलाई आर्थिक सहयोग गर्न सुरु गरेका थिए । आमसंचारको समाचारकै कारण यस अघि खिनमाया पौडेलको घर पनि निर्माण भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर