Aamsanchar

बिर्तामोडमा खुल्यो दुईसय करोडको लगानीमा होटल किङस् बेरी

Author Image
शुक्रवार, असोज ८, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा फाइभ स्टार होटलको मान्याताको लागि सरकारबाट आसयपत्र प्राप्त गरेकोे होटल द किङस् बेरी अनौपचारिक रुपमा संचालनमा आएको छ । औपचारिक उद्घाटन भने आउदो अंग्रेजी नयाँबर्षको दिन हुने होटलका व्यवस्थापक विश्वदेव ढुङ्गेलले बताए ।

बिर्तामोड देखि १ किलो मिटर पस्चिम भगवान चोक स्थित मुख्य राजमार्ग संग जोडिएको शुन्दर मनमोहक देखिने होटल किङस् बेरीको सजावट र सेवा सुविधाका कारण सेवाग्राहीहरुकोे संख्या बढीरहेको व्यवस्थापक ढुङगेलले बताए । उनले भने होटलको सम्पूर्ण निर्माणकार्य अझै पुरा भईसकेको छैन । त्यस कारण पनि आउदो जनवरीलाई उद्घाटन मिति तोकिएको हो ।
हाल किङस् बेरीमा १ हजार जना क्षमताको ब्यांक्वेट हल, ५ हजार जनालाई एकै पटक सेवा दिन सक्ने खुल्ला ठाउँ, बगैंचा, सुइमिङ पुल, रेष्टुरेन्ट, तिनवटा बार, चारवटा लिफ्ट, डिस्को, जिमखाना, हेल्थ क्लव, क्यासिनो, ५ वटा विल्डिङ, पाकघर (किचन) अलग्गै भएको विशुद्ध सहाकारी रेष्टुरेन्ट पनि रहेको छ । साढे ७ तलाको होटलबाट बिर्तामोडको मुख्य सहरलाई पुरै निहाल्न सकिने गरिको विल्डिङको डिजाईन गरिएको छ ।

लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण किङस् बेरी पूर्वमा सर्वशुलभ फाइव स्टारको सुविधा लिनेहरुको लागि उपयुक्त स्थल सावित हुन थालेकोे छ ।
होटलले तिन स्थरमा सयन कक्ष (रुम) हरुको वर्गीकरण गरेको छ । स्ट्याण्डर, डिलक्स र स्वीट रुम नाम दिएको सयन कक्ष हेर्दा मात्रै पनि आराम र मिठो निद्रा आईहाल्ने महसुस गर्न सकिन्छ । होटलमा जम्मा ८६ वटा सयन कक्ष (रुम) हरु रहेको छ ।

स्थानियहरुलाई लक्षित गरेर संचलनमा ल्याईएको होटलको दररेट भने बिर्तामोडका अन्य मध्ययमवर्गको होटलको जस्तै छ । सामान्य रुपमा पारिवारिक जमघट, विवाह, पार्टी, जन्मोउत्सव लगायतका कार्यक्रम गर्न धेरै खर्च नपर्ने किङस् बेरीको विशेष्ता भित्र पर्छ । उद्घाटन नहुदै दर्जनौ कार्यक्रमहरु सम्पन्न भईसको छ ।

होटलको बारेमा थप जानकारी लिनुपर्दा  ९८५११००६५२ मा सम्पर्क गर्न सकिने होटल व्यवस्थापनले बताएको छ ।

यसरी होटल किङस् बेरी खुल्ने योजना बनेको रहेछ ।

बिर्तामोडमा यो स्थरको होटल किन संचालनमा आयो भन्ने जिज्ञाषामा होटलका संचालक प्रकाश गौतमको भनाई छ । ‘विगत ७ बर्ष अघि आफू विर्तामोड आएको बेला सुविधा युक्त होटलको खोजी गरे आफूले चाहेको जस्तो होटल नपाएर बाँस बस्नको लागि बिराटनगर पुगेको थिए ।’

झापाको सामाजिक परिवेश बहुँजाती, बहुभाषी एक आपसमा मिलेर बसेको पाए, साथीभाईहरु पनि मिलनशार पाए, व्यवसायको अर्को पक्ष पर्यटनकको सेवापनि हो, झापा, इलाम, पाँचथर, ताप्लेजुङ पर्यटकिय स्थल भएको जिल्ला पनि हो, विर्तामोडबाट ३० मिनेटमा इलामको चिसो र शुन्दर हरियाली क्षटा हेरेर फेरी होटलमै आईपुग्न सकिने नजिक दुरी, झापा पर्यटकको लागि ट्रान्जिट पईन्ट पनि हो, झापा र झापालीहरु प्रती प्रभावित भएकोले बिर्तामोडमा व्यवसाय गर्ने ईच्छा जागेकोले बिर्तामोडमा होटल संचालनमा ल्याएको संचालक गौतमको भनाई रहेको छ ।

१३ रोपनी क्षेत्रफलमा फैलिएको होटल किङस् बेरीको प्रारम्भिक सफलता संगै गौतमले इलामको फिक्कलमा पनि रिसोर्ट खोल्ने योजना बनाई सकेका छन् । रिसोर्टका लागि ६१ रोपनी जग्गा खरिद गरि सकेको र यसै बर्षबाट रिसोर्ट निर्माणको काम पनि सुरु गर्ने गौतमले बताए ।

निकै मिलनशार मृदुभाषी गौतम काठमाडौं निवासी हुँन उनले बिर्तामोडको किङस् बेरी होटलमा २ सय करोड भन्दा धेरै रकम लगानी गरेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर