Aamsanchar

जबसम्म छाती ढुकढुक गर्छ, तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त

Author Image
बुधवार, असोज १३, २०७८

हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।’Use Heart to Connect’  भन्ने नाराका साथ सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्न चाहेको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष महत्व दिइएको छ ।

मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सु–स्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयघात अनि हृदयसम्बन्धी रोग अनि समस्याहरूले मृत्युवरण गरिरहेको तथ्याङ्क छ ।

हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसँग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ्य अनि गतिशिलताका लागि पर्याय छ । विश्व मुटु संगठनले मुटुको यही संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रूपमा मनाउन थालेको हो ।

यस दिन हृदय रोगीहरू, उपचार प्रदायकहरू, जनचेतकहरू, सञ्चार माध्यमहरू असन जनमानसहरू एकै थलोमा भेला भएर मुटुको रक्षा गर्ने कुराहरू अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् । तपाईं हामीलाई थाहा हुनुपर्छ कि हाम्रो जीवनशैलीको सानो भूलका कारणले हाम्रो हृदयमा नकारात्मक असर पारिरहेको छ भन्ने ?

व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूका अत्यधिक प्रयोग, अशुद्ध खानेकुरा, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतिसँगको दूरीका कारण आज हामी सबै जना हृदय रोगको सम्भावित जोखिममा छौं ।

दैनिक व्यायाम, खेलकुदमा कम रुचि, धुम्रपान अनि मदिरापान, औषधिको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं । स्मरणीय रहोस्, माथि उल्लेखित कुराहरूमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्यु रोक्न सकिन्छ ।

मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्वभरि सबैसमक्ष पु¥याउन शक्तिलाई विकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो ।

आफ्नो मुटुलाई छामौँ र विचार गरौं, हामीले कत्तिको मुटुमैत्री जीवनशैली अपनाएका छौं रु हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि विचार गरौं । जबसम्म छाती ढुकढुक गर्छ, तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।
सबैको हृदयको गति जवान होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर