Aamsanchar

समाजिक गायक बोके दाह्रीको नयाँ गीत ‘टिकापुर कैलाली’ सर्वजनिक (भिडियो सहित)

Author Image
बिहिवार, असोज १४, २०७८

विराटनगर । समाजमा भएका सामान्य विषयलाई जनचेतनाको रुपमा प्रस्तुत गरेर सामाजिक गायको नामले  पुर्वका चर्चित हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री) को नयाँ गीत सार्वजनीक भएको छ । ‘टिकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीत पनि सार्वजनीक गरिसकेका छन् ।

श्रीकृष्ण लुईटेल (बोके दाह्री) को स्वर र संगीतमा रहेको उक्त गीतको जोनी योञ्जनले एरेन्ज रहेको छ ।

सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै दिनेश कोइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगिता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । भिडियोमा हेमन्त तामाङको सम्पादन रहेको छ ।

उनका ‘ए बा किन्देउन भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।

भिडियो हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 612

प्रतिक्रिया (०)

सम्बन्धित खबर