Aamsanchar

प्रदेश १ मा कोरोना संक्रमितको संख्या घट्यो, झापाका दुईवटा नाका खुल्ला

Author Image
शुक्रवार, असोज १५, २०७८

झापा। कोभिडका कारण विगत १९ महिना देखि बन्द गरिएको झापामा दुईवटा नाका खुल्ला गरिएको छ । नेपाल सरकारले विहिबार भद्रपुर र आज काँकरभिट्टा नाका खुल्ला गरेको हो ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको झापाको काँकरभिट्टा र भद्रपुर नाका खुल्ला भएपछि । उता भारत सरकारले भने पानीट्याङ्की नाका खुलाएको छैन । पश्चिम बंगाल सरकारले खोप कार्ड देखाएर मात्र नेपाल आउन दिईरहेको छ ।

असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र नगर्दा नाका सञ्चालनमा ढिलाइ भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले बताए ।

भारतको पश्चिम बंगाल सरकारसँग आज (शुक्रबार) छलफल गरेर उताको नाका पनि खुलाउन पहल गरिने प्रजिअ तिमिल्सनाले जानकारी दिएका छन् । उनका अनुसार नाकाबाट आवतजावत गर्दा अनिवार्य पीसीआर रिपोर्ट वा खोप कार्ड देखाउनु पर्ने हुन्छ । सोही स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार नाका खुलाउन लागेको हो । सवारीसाधन सञ्चालन गर्ने विषयमा गृहको परिपत्र अनुसार बैठकबाट निर्णय गरिने उनको भनाई छ ।

प्रदेश १ मा कोरोना संक्रमितको अवस्था

हिजोको तथ्याङक अनुसार प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर