Aamsanchar

कनकाई नगरपालिकाले वडास्तरीय फुटबल खेल खेलाउने

Author Image
शुक्रवार, असोज १५, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

दशैंको उपलक्षमा आउदो असोज १७ गते देखि २५ गते सम्म कनकाई नगरपालिका वडा नम्बर ३ मा रहेको कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा फुटबल खेल आयोजना गरिने आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिले जानकारी दिएको छ ।

‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने राष्ट्रिय नारालाई सार्थक बनाउन कनकाई नगरपालिका भित्र रहेका वडाहरु बिच प्रतिष्पर्दा गराएर लुकेर रहेका प्रतिभाशाली खेलाडीहरुको खोजी र पहिचान गरेर फुटबल खेलको माध्ययमबाट राष्ट्रको पहिचान गराउन र युवा पिडीलाई कुलतबाट बचाई अनुशासित, मर्यादित, स्वास्थ्य जीवनका लागि उत्प्रेणा जगाउने उदेश्यले फुटबल खेल आयोजना गर्न लागिएको आयोजक समितिका खेल संयोजक गोविन्द उप्रेतीले बताए ।

नगर भित्रका ९ वटा वडाहरु बिच हुने प्रतियोगितामा सहभागी हुने खेलाडीले आफू वडाबासी भएको वडा कार्यलयबाट प्रमाणित गराउनु पर्ने, सोही वडाको राष्ट्रिय खेलाडी भएपनि सहभागी हुन पाउने आयोजकले नियम बनाएको छ ।

प्रत्येक टिममा ग्राउण्ड खेलाडी ११ जना, थप खेलाडी ७ जना, टिम कोच १ जना र मेनेजर गरेर २० जना खेलाडी अफिसियल रहनु पर्ने छ । जस अनुसार १ सय ८० जना खेलाडी संख्या हुने छ ।
असोज १७ गते उद्घाटन भएको खेल २५ गते समापन (फाईनल) हुने छ । फुटबल खेल प्रतियोगितमा विजयी बन्ने समूहले ५१ हजार नगत, ट्रफी, प्रमाण–पत्र, मेडल र र खेलकुद सामाग्री प्राप्त गर्ने छन् भने दित्तिय पुरस्कार ३१ हजार र सान्तवना हुने समूहलाई १० हजार नगत पुरस्कारको व्यवस्था आयोजकले मिलाएको छ ।

गत बर्ष गठन भएको कनकाई नगर खेलकुद विकास समितिले पहिलो पटक वडास्तरीय फुटबल खेल प्रतियोगिता गर्न लागेको हो । खेलका लागि समितिले ३ लाख ५२ हजार रकम छुट्याएको छ ।
कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन लम्सालको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रमको संचालन सदस्य जविन तिम्सिनाले गरेका थिए ।

खेललाई व्यस्थित गर्न विभिन्न विषयगत कामका लागि उप–समितिहरु पनि गठन गरिएको छ । गठित समितिहरुमा मैदान व्यवस्थापन संयोजक डिल्लु कार्की, मञ्च व्यवस्थापन संयोजक त्रिलोचन चिमरिया, स्वास्थ्य संयोजक कैलाश कार्की, पुरस्कार व्यवस्थापन संयोजक गोविन्द उप्रेती, टिम व्यवस्थापन सिरस खरेल, स्यंमसेवक परिचालन रोविन ढुङगाना, प्रचार प्रसार संयोजक रामप्रसाद निरौला र सारीका गिरीको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर