Aamsanchar

दशैंको मुखमा शिखर साकोसद्वारा नाना वितरण

Author Image
शुक्रवार, असोज २२, २०७८

राजगढ । शिखर बचत तथा ऋण सहकारीले ११औ स्थापना दिवसको अबसरमा विपन्न वर्गका वालवालिकाहरुलाई नयाँ लुगा वितरण गरेको छ ।

महान चार्ड दशैंको वेला नयाँ लुगा किन्ने र लगाउने नेपालीहरुको पुरानो चलन अनुसार गाउँघरमा नयाँ लुगा किन्नेहरुको बजारमा भिड बढिरहेको वेला, त्यही समाजमा एकसरो नयाँ लुगा किन्न र दशैं मान्न नै आर्थिक संकटमा परेका परिवारहरु पनि रहेका छन् त्यस्तै अतिविपन्न वर्गका परिवारका ३ बर्ष देखी १४ बर्ष सम्म उमेर समूहका नानीबाबुलाई नयाँ लुगा वितरण गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

संस्थाका सदस्यबाट केक काटेर सुरुवात गरिएको कार्यक्रममा राजगढ सेवा केन्द्रमा १०० जनालाई नयँं लुगावितरण गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको दिन हरेक बर्ष लुगा वितरण गर्दै आएको अध्यक्ष राउतले बताए ।

२०६७ सालअसोज २२ गते औपचारिक उद्घाटन गरि सुरुवात गरिएको शिखर साकोस विर्तामोडमा मुख्य कार्यलय रहेर राजगढ र गरामनीमा सेवाकेन्द्र संचालनमा रहेको छ । प्रविधी मैत्री संस्थामा परिचित शिखर साकोस सहकारीको भिडमा भिन्न रहेको छ । सेवामा उत्कृष्ट रहने उदेश्यले सेवारत रहेको छ । ७ हजार ८ सय ४५ जना शेयर सदस्य रहेको यस संस्थामा १३ सय २० जनाले कर्जा लिएका छन् । ५ करोड ४४ लाख ७४ हजार ७ सय शेयर पुजी रहेको शिखर साकोसमा ७० करोड बचत, ६९ करोड ऋण लगानी गरिएको संचालक किरण पौडेलले बताए ।

लक्ष्मी पूजाबाट आफ्नै भवनबाट सेवा सुरु गर्ने तयारीमा रहेको शिखर साकोसमा हाल सम्म  सयलाई प्रत्यक्ष शिखर एमबैक मा जोडेका छौ यस वर्ष सम्म २ हजार भन्दा बढिलाई एम बैकमा जोडेर सदस्यहरुलाई प्रविधीमा अव्बल बनाइने लक्ष्य रहेको आइटी संयोजक किरण पौडेलको बताए ।

संस्थाले लगानीमा १ प्रतिशत सेवा सुल्क लिएर सेवा प्रवाह गदै आएको तथा १२ र १३ प्रतिशत सम्म ऋ्ण लगानी गरिदै आएको सह सचिव तारा खतिवडाले बताए ।

सामाजिक उत्तरदायित्वमा अग्रणी रहदै सदस्यहरुको माझमा रहदै आएको शिखर साकोसका संचालक मदन विकले बताए । संस्थाले समय सापेक्ष सेवा विस्तार गर्दै लगेको छ ।

शिखर सहकारीले प्रदेश १ मै पहिलो पटक लकर सुविधा सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर