Aamsanchar
Adv top
Adv below_nav

रतुवामाईमा राजनैतिक विवाद, मेयरले एकलौटी ढंगले काम गरेको आरोप


विराटनगर। गत शुक्रबार रतुवामाई नगरपालिकाले नगरको प्रशासकीय भवन सिलान्याससँगै गरेकोे सार्वजानिक सुनुवाइको नेकपा एमालेले विरोध गरेको छ । भवन सिलान्यासपछि आफ्नो मन्तब्य सकेर उपमेयर दयन्त चुडाल आफु सार्वजानिक सुनुवाईमा सहभागी नहुने भन्दै कार्यक्रमबाट बाहिरिनु भएको थियो ।

त्यस अघिनै उहाँको पार्टी नेकपा एमालेले सार्वजानिक सुनुवाई बहिष्कार गर्ने घोषणा गरिसकेको थियो । नगर कार्यपालिकाको बैठकमा छलफलनै नगरी बिना सूचना सुनुवाइको प्रपन्च गरिएको आरोप लगाउदै एमालेले बहिष्कारको घोषणा गरेको हो ।

महालेखा परीक्षकको कार्यालयद्वारा प्रकाशित आर्थिक बर्ष २०७५/७६ र २०७६/७७ का दुईवटा वार्षिक प्रतिवेदनका विषयमा एमाले र उसका जनवर्र्गीय संगठनहरुले प्रश्न उठाउदै सार्वजानिक सुनुवाईको माग गरेका थिए ।

नेकपा एमाले रतुवामाई नगर कमिटीले सधैं न्याय र सत्यको पक्षमा न्यायिक ढंगले लडिरहने बताउँदै शनिबार पत्रकार सम्मेलन मार्फत आफ्ना धारणाहरु सार्वजानिक गरेको छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुुख एकलौटी र मनोमानी ढंगले चलेको एमालेका नेताहरुले आरोप लगाए । उनीहरुले सुखी नेपाली समृद्ध नेपालको मूल मन्त्र बोकेर आफ्नो स्थानीय नगरलाई भ्रष्टाचार मूक्त र समृद्ध रतुवामाई बनाउनका साथै जनताका आवाजलाई बुलन्द गर्दै भ्रष्टचार मुक्त रतुवामाईको परिकल्पनामा अडिग भएर ठिङ्ग पहाड जस्तै उभिन तयार रहेको पत्रकार सम्मेलनमा जनाएका छन् ।

राष्ट्रिय युवासंघ नेपालले महालेखा परीक्षकको प्रतिबेदन माथि टिप्पणी गर्दै गत भदौ २८ गते रतुवामाई नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएको र सार्वजनिक सुनुवाईको माग गर्दै आफ्ना आवाज बुलन्द गरेको भएता पनि नगर प्रमुख रबिन राईले कार्यपालिकाको निर्णय बिना एकलौटी सार्वजनिक सुनुवाइ गरेको एमालेका नेताहरूले बताए । रतुवामाई नगरपालिकाले असोज २१ गते राति ७ः३० बजे सामाजिक संजालको माध्यमबाट सूचना गरेर २२ गते नगर पालिकाको प्रशासनिक भवन शिलान्यास गर्ने कार्यक्रम राखी सार्वजनिक सुनुवाईलाई समेत गोलमटोल गरी कार्यक्रम तय गरेको उनीहरुको भनाई छ ।

त्यस्तै राष्ट्रिय युवासंघ नेपाल रतुवामाई नगर कमिटीले पनि नगर प्रमुख राईलाई सँच्चिएर अघि बढ्न आग्रह गरेको छ । युवा संघले प्रेस विज्ञप्ति मार्फत नेपालको राजनैतिक वृत्तमा विकृति विसंगति , अनियमितता , भ्रष्टाचारको विषयमा विद्रोहका स्वरहरु बुलन्द गर्दै , अन्यायको विरुद्धमा आन्देलनको ज्वारभाटा उत्पन्न गर्न तत्पर रहेको जनाएको छ । महा लेखा परीक्षकले आर्थिक वर्ष ०७५÷०७६ र ०७६÷०७७ को बेरुजुु सार्वजनिक गरे पश्चात यस पालिका भित्रका आर्थिक अनियमितता , भ्रष्टाचार , बेथिति , कुशासन लगायतका अपारदर्शिताका प्रचुर गन्ध देखा परेको युवा संघका नेताहरुले बताएका छन् ।

नगर उपप्रमुख दयन्तादेवि चुुँडालले उपयुुक्त समय मिलाएर सवैको सल्लाह अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम गर्न नगरप्रमुखसँग आग्रह गरेकी छन् । उनले सार्वजनिक सुनुवाईको कार्यक्रम आफूूलाई समेत थाहा नदिई गर्नु कहाँसम्मको लाचारी पनको भनी टिप्पणी गरेकी छन् ।

त्यसैगरी ८ नं वडाध्यक्ष गोपी चापागाईले प्रकृयामा नगरप्रमुख जान नखोजेको भन्दै सार्वजनिक सुनुवाई नगरेर रतुवामाई बासीबाट भागीरहेको बताएका छन् । उनले नगरमा बनाइएका नीति तथा कार्यक्रम अनुुसार खर्च नभएको र केमा कति खर्च भयो भन्ने कुरा कार्यपालिका सदस्यहरुलाई समेत जानकारी नदिएकोमा रोस प्रकट गरेका छन् । उनले रित नपु¥याई काम गर्ने गरेकोे, एकल निर्णयबाट खर्च गर्ने गरेको, कार्यपालिकालाई बेवास्ता गरिएको, मैले जे गरे पनि ठीक हुन्छ भन्ने सोचले नगरप्रमुुख राई अगाडि बढेकोले नगरमा अपारदर्शिता प्रमाणित भएको बताएका छन् ।

त्यस्तै एमालेका जिल्ला सदस्य दुुर्गा विष्टले नगरपालिकामा करोडौंं रुपैयाँको बेरुजु किन भयो भन्दै पचास भन्दा बढि सुुझाव महालेखाले दिनुको कारण नगरप्रमुख राई जनतालाई प्रष्ट पार्नुु पर्ने बताए ।

कार्यक्रममा स्थानीय युवा नारायाण ताजपुरियाले थिती र बिधि अनुसार नचलेका कारण रतुवामाईमा शौचालय काण्ड, हस्पिटलमा आर्थिक चलखेल लगायतका कामहरु हुने गरेको बताए ।



























लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।
Adv footer