Aamsanchar

स्वतस्र्फुत बैशाबाडी मेला लाग्यो

Author Image
सोमवार, कार्तिक १, २०७८

चारपाने । झापाको अर्जुनधारा–५ बैशाबाडीमा यस बर्ष पनि दसैं मेला लागेको छ । कोरोना संक्रमण फैलिन सक्ने भनेर स्थानिय सरकारले निषेधाज्ञाको वेला मेला लगाउन गरेको प्रतिवन्ध पूर्ण रुपमा फुकुवा गरेको छैन । जिल्ला प्रसाशनले भनेको छ । ‘परंमपरागत रुपमा मनाईने धार्मिक तथा साँस्कृतिक मेला पर्वमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर न्युन संख्याको उपस्थितीमा मात्र संचालन गर्ने गराउने तर अन्य मनोरञ्जनात्मक कार्यक्रम नगर्ने नगराउने।’ तर पनि वैशाबाडी मेला लागेको छ । डाईस खेल भएको छ । उपस्थित लगभग ९० प्रतिशतले स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएको थियो ।

बैशाबाडीमा रहेको पुरानो दुर्गा मन्दिर परिसरमा लाग्ने मेलाको लागि हरेक बर्ष मन्दिर संचालन समितिले लगाउने गर्दै आएको थियो भने यस बर्ष समितिले औपचारिक रुपमा मेला भने लगाएको होईन । समितिले नलगाए पनि स्वतस्र्फुत मेला लागेको हो ।

समितिको आयोजना बिनै बैशाबाडी मेला लगाउन व्यापारीहरु आएका थिए । दिउसो २ बजे सम्म सुनसान रहेको बैशाबाडीमा २ बजे पछि भिडभाड सुर भएको थियो । यस बर्ष समितिले व्यापारीहरुबाट कर पनि नलिएको बताईएको छ ।

बैशाबाडी मेला कहिलेबाट लाग्न सुरु भयो भन्ने बारे यकिन मिति थाहाँ हुन सकेको छैन, तर मन्दिर व्यवस्थापन समितिका सचिव ध्यानबहादुर भारतीको भनाई अनुसार २०२० साल देखि मेला लाग्न सुरु भएको हो ।
कोरोना भाईरसको त्रासको कारण गतबर्ष सुनसान बनेको यो मेला यस बर्ष भने आसिंक रुपमा लागेको छ । हरेक बर्ष दसैंको पूर्णिमाको अघिल्लो दिन धुमधामले लाग्ने गरेको मेलामा लाखौंको उपस्तिथी हुने गरेको थियो ।

२०२० सालमा सन्टीको टाटीबेरा र खरको छाँनो भएको साना साना मन्दिरहरु स्थानिय आदीवासीहरुले निर्माण गरेका थिए । मन्दिरको संरचना सुरु भएपछि नियमित रुपमा स्थानिय आदीबासी पुजारी कुसुमलाल घिमाले पुजा पाठ गर्दै आएका थिए । देवी थानको रुपमा स्थापना भएको यस धार्मिक स्थल समयक्रम संगै विकास हुदै र मेला पनि व्यापक रुपमा लाग्न थलेपछि समाजसेवी ज्ञानीराम भट्टराइको स्मृतिमा श्रीमती दिव्यकुमारी भट्टराईले १७ कठ्ठा जग्गा दान दिएकी थिईन् । पछि सोही स्थलमा जयगुरु अनुयायीहरुको आग्रहमा ठाकुर मन्दिर निर्माण गर्ने प्रथाप भएपछि ठाकुर मन्दिरलाई १२ कठ्ठा र दुर्गा मन्दिरको स्वामित्वमा ५ कठ्ठा जमिन रहेको छ ।

सन्थाल नाच र अन्य खेला तमासा, मनोरञ्ज प्राप्त गर्ने आदिवासी मेलाको परिचय बोकेको बैशाबाडी मेलामा मन्दिरमा चढाउनको लागि चिनीको पाकबाट तयार परिएको मिठाई (प्रसाद) चुलपी, मयुरको प्वाख, मुरली, बालवालिकाहरुले बजाउने विभिन्न प्रकारका खेलौना बाजा, गाजीमुरी, आदिवासी परिकारहरु मुख्य गरेर पाईने गर्छ ।

चारपाने चोकबाट करिव १ किलो मिटर उत्तरमा लाग्ने मेला पर्याप्त ठाउँ अभावको कारण बाटोमै लाग्ने गरेको छ । बाटोमा पनि ठाउँ नपुगेर केही बर्ष यता देखि आधाजसो व्यापारीहरुले चारपाने चोकमै व्यापार थाप्ने गरेका छन् । बेलुकी पख लाग्ने मेलाका कारण ३ घण्टा जती चारपाने चोकको मुख्य राजमार्ग र चारपाने–शनिश्चरे रोड जाम हुने गरेको छ । यस बर्ष पनि केही समय सडक जाम भएको थियो । प्रहरीलाई सडकमा सवारी आवगन गराउन हम्मे परेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर