Aamsanchar

अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भनी १४ लाख ५० हजार ठगी गर्ने झापा सुरुंगाका एक व्यक्ति पक्राउ

Author Image
बुधवार, कार्तिक ३, २०७८

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका–३, सुरुंगा घर भई हाल काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने बर्ष ३५ को निलम भट्टराई रहेका छन् ।

तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–३ बस्ने वर्ष ३० की दुर्गा पौडेल न्यौपानेलाई आफू चलचित्र क्षेत्र तथा राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएकोे आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको र राष्ट्रिय अनुसन्धान विभागको अधिकृत पदमा जागिर लगाइदिन सक्छु उक्त पदमा जागिर खाने भए मन्त्रालयको विभिन्न अधिकारीहरूलाई रकम बुझाउनुपर्ने हुन्छ त्यसको लागी १५ लाख रकम लाग्छ भनी प्रलोभनमा पारी विश्वास दिलाई आरोपित भट्टराईले पटकपटक गरी १४ लाख ५० हजार रकम असुल गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

उक्त रकम लिईसकेपछि जागिर पक्का भयो अब ४५ दिने तालिमको लागि सिन्धुली जानुपर्छ भनी पीडितलाई काठमाडौँ बोलाए पश्चात काठमाडौँ आएर सम्पर्क गर्दा निज निलम भट्टराई सम्पर्क विहिन भएकोले पीडितले आफु ठगिएको थाहाँ पाएर अपराध महाशाखामा पेश गरेको जाहेरी दरखास्त अनुसार काठमाडौं जिल्ला अदालबाट पक्राउ अनुमती लिई खोजतलास गर्ने क्रममा विपक्षी निलम भट्टराइलाई सुर्खेतमा लुकिछिपी बसेको भन्ने सुचनाको आधारमा कार्तिक २ गते विरेन्द्रनगर नगरपालिका–६ बसपार्क बाट प्रहरीले पक्राउ गरी महाशाखामा ल्याएको छ ।

थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर