Aamsanchar

इटहरीका मेयरले एक महिनाको, जनप्रतिनिधि,कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने

Author Image
बुधवार, कार्तिक ३, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका वैठकले वाढि पीडितको राहत र उद्धारमा कुनै कसर वाँकी नराख्ने निर्णय गरेको छ । वैठकले उपमहानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद ब्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिनुभयो ।

नगरप्रमुख द्वारिकलाल चौधरीले एक महिनाको तलव जम्मा गर्ने घोषणा गर्नुभयो । कार्यपालिकाको वैठकले वाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च वापत २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी वडाहरुमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सवै वडालाई एकलाखका दरले पेश्की उपलब्ध गराइने भएको छ । वाढिले भत्काएका वाटो,कल्भर्ट तत्काल मर्मत गरिने भएको छ । वैठकद्वारा उद्धार तथा राहत कार्यमा जुटन सम्पूर्णमा आग्रह गरिएको छ । यसअघि दिउसो बैंक तथा वित्तीय सस्थाहरुसँगको वैठकमा बैंक तथा वित्तीय सस्थाहरुले राहतकोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

वैठकमा नगरप्रमुख द्धारिकलाल चौधरीले वाढीपीडितहरुका लागि सहयोगका लागि बैंक तथा वित्तीय सस्थाहरुका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)