Aamsanchar

प्रधानमन्त्री देउवाले भने : एमसीसी संसदबाट पारित हुन्छ

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताउनु भएको छ ।

बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताउनु भएको हो ।

उहाँले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको पनि दाबी गर्नु भएको छ ।  प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा झुटा प्रचार भइरहेको पनि बताउनुभयो । उहाँले बाढी र पहिरोले पूर्व र पश्चिममा धेरै ठूलो क्षति पुर्याएकाले अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन पनि दिनु भएको छ ।

प्रभावितका लागि सरकारले आकस्मिक राहत ल्याइसकेको भन्दै उहाँले थप क्षतिको विवरण सङ्कलन गरेर थप राहतका कार्यक्रम ल्याउने पनि बताउनुभयो । यस्तै, महाकाली नदीले पुर्याएको क्षतिका सम्बन्धमा भारतसँग कुरा भइरहेको पनि उहाँले बताउनु भएको छ ।

यस्तै,नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन समितिलाई सबै जिम्मेवारी दिइएको जवाफ दिनु भएको छ । बाढी र पहिरोको क्षति अवलोकन गर्न हिजो सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवा आज काठमाण्डौ फर्किँदै हुनुहुन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर