Aamsanchar

मिस झापा २०२१ को मुख्य प्रायोजन पूर्वाञ्चल क्यान्सर अस्पतालले गर्ने

Author Image
सोमवार, कार्तिक ८, २०७८

बिर्तामोड। वीरता जेसिजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा हुन गइरहेको मिस झापा २०२१ को टाइटल स्पोन्सर बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल हुने भएको छ ।

एक कार्यक्रमका साथ अस्पताल र वीरता जेसिजबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मिस झापा २०२१ यही कात्तिक १५ गते बिर्तामोडको होटल किंग्स बेरीमा हुँदैछ । मिस झापा २०२१ मा सहभागी हुने किशोरीहरुको बन्द प्रशिक्षण भइरहेको छ ।

त्यस्तै, कार्यक्रमलाई टिभिएस, सहारा नेपाल, महिन्द्रा, यामाहा, किया, टावर टेम्पल स्कुल, महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रलगायत कर्पोरेट हाउसहरुले प्रायोजन गरेका छन् ।

यसैबीच, प्रतियोगितामा सहभागी किशोरीहरुले एक कार्यक्रमका बीच आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन् । सहभागी १४ जना किशोरीमध्ये प्रज्ञा आचार्य, मुम्ताज शेख, सपना विश्वकर्मा, अचर्ना गिरी, सेविका श्रेष्ठ र निशा राईले नृत्य गरेका थिए ।

त्यस्तै, रुक्सुम खत्री, पूर्णिमा थेगिम लिम्बू र पूजा ढुंगानाले स्पिच प्रस्तुत गरेका थिए भने प्रिया न्यौपानेले लघु नाटक, सविना श्रेष्ठले कविता, स्मारिका घिमिरेले गायन, सविना बस्नेतले कथा र कुमकुम चौधरीले खाना बनाएर प्रस्तुत गरेकी थिइन् ।
किशारीहरुले बन्द प्रशिक्षणमा मोडललिङसँगै फोटोग्राफी, आत्मरक्षा, जीवन दर्शन, ग्रामीण पर्यटन, नेतृत्व व्यक्तित्व विकास जस्ता तालिमहरु सिकिरहेको कार्यक्रम संयोजक जीवनकुमार खड्काले बताए ।

नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ मिस झापा आयोजना गरिएको अध्यक्ष राजीव धिमालले बताए ।

अडिसनबाट छनोट भएका १८ वर्षदेखि २५ वर्ष उमेर समूहका १४ जना किशोरीहरु तालिममा सहभागी रहेको महासचिव एलसी श्रेष्ठले जानकारी दिए । बन्द प्रशिक्षण सरगम संगीतालयको हलमा प्रशिक्षण भइरहेको छ । कार्यक्रम तालिकाअनुसार बिर्तामोडकै फास्ट ट्र्याकमा पनि तालिम सञ्चालन भइरहेको छ ।

मिस झापाको उपाधि जित्ने प्रतियोगीले मिस नेपालमा सिधै भाग लिन सक्ने, टिभिएसको स्कुटर र विभिन्न छात्रबृद्धि र उपहारहरु प्राप्त गर्ने संयोजक खड्काले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर