Aamsanchar

सेबिका बनिन मिस झापा

Author Image
मङ्गलवार, कार्तिक १६, २०७८

दोस्रो सबिना बस्नेत, प्रथम सेबिका श्रेष्ठ, तेस्रो रुक्सुम खत्री ।  फोटो बिनोद पाण्डे/आमसंचार

बिर्तामोड । झापाको बिर्तामोड–१ अतिथि सदन टोलमा कार्यालय रहेको झापाको पुरानो जेसीज शाखा मध्येको वीरता जेसीस आयोजक र बिर्ता मिडिया इन्टरटेडमेन्ट प्रालिकोे संयोजनमा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधी बिर्तामोडकी सेबिका श्रेष्ठले जितेकी छन् । १३ जना प्रतिस्पर्दीलाई उछिन्दै मिस झापाको उपाधि सेबिकाले जितेकी हुन उनले टिभिएसको स्कुटर पाएकी छिन् । त्यस्तै फ्स्ट रनरअपमा बुद्धशान्तीकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचिनगरकी रुक्सुम खत्री भएकी छन् ।

अन्य उपाधी तर्फः मिस एक्टिभमा अर्चना गिरी , मिस बेस्ट फिगरमा निशा राई , द मिस बेस्ट पफमरमा रुक्सुम खत्री , द मिस बिउटीफूल हेयरमा सपना विश्वकर्मा, मिस डिसिप्लिनमा पूर्णिमा लिङदेन लिम्बू , मिस फोटोजेनिकमा सबिना बस्नेत , मिस रेम्पवकमा सबिना श्रेष्ठ , मिस बिउटीफूल स्माईलमा मुम्ताज शेख , मिस भाइवेसियममा प्रिया न्योपाने , मिस गल्यामरस लुक्समा स्मारीका घिमीरे , मिस ट्यालेन्टमा रुकसुम खत्री , मिस पंचुयलमा पुजा ढुंगाना , मिस स्पेक्टीकुलर आइजमा प्रज्ञा आचार्य , मिस ग्लोइङ्ग स्कीनमा सेबिका श्रेष्ठ र मिस फ्रेन्डलीमा कुमकुम चौधरी रहेकी छन् ।

विर्तामोड स्थित होटल किंसबेरीमा आयोजित ग्राण्ड फिनाले वीरता जेसीजका अध्यक्ष राजिव धिमालको अध्यक्षता र जीवनकुमार खड्काको संयोजक्तव रहेको थियो । प्रमुख अतिथिमा उद्योगी चण्डीराज ढकाल रहेका थिए । कार्यक्रमको संचालन जेसीजका महासचिव एलसी श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर