Aamsanchar

मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चिकित्सकको ज्यान गयाे, अर्का १ घाईते

Author Image
शुक्रवार, मंसिर ३, २०७८

   

विराटनगर : मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु र अर्का घाइते भएका छन्। बिहीवार राति करिब साढे ११ बजे विराटनगरस्थित आयल निगम छेउमा को १ ख ३२४४ नम्बरको मिनी ट्रकले प्र–२–०२–००३ प २१८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा धनुषाको जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसर २७ वर्षीय निखिल पञ्जियारको मृत्यु भएको खड्काले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका पञ्जियारलाई कोशी अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको थियो।

मोटरसाइकलको पछाडि सवार जनकपुर–३ नै घर भएका २८ वर्षीय रामप्रताप साह घाइते भाएका छन्। उनी विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका कन्सलटेन्ट फिजिसियन हुन्। नोबेल अस्पतालबाट राति मोटरसाइकलमा फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रकलाई लुकाएको अवस्थामा मोरङको बुढीगंगा गाउँपालिका–२ बगबोनमा शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ट्रक चालक मोरङको ग्रामथान गाउँपालिका घर भइ बुढीगंगा–५ मा बस्दै आएका ३८ वर्षीय प्रवीण माझी फरार छन्। उनको खोजी भइरहेको श्रेष्ठले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर