चारपाने । झापाको एक यस्तो ठाउँ जुन हाल पालिकोको नाम नै रहेको छ । महाभारतकालिन इतिहास संग प्रत्यक्ष जोडिएको, थुप्रै पुराना अवसेसहरु हाल पनि रहेको, हरियाली उकाली ओराली, सिरिरि बतास सितल हावा चल्ने ठाउँ, तर विगतको बर्षमा बाटो र यातायातको सहज पहुच नहुदा ओझेलमा परेको, अहिले कालोपत्रे सडक बने पछि दुनियालाई मोहित बनाउन प्रतिक्षारत झापाको मुख्य राजमार्ग दक्षिणको पहाड, विभिन्न पुराना र नयाँ प्राकृतिक र आधुनिक भौतिक संरचना तयार भएको ठाउँ हो बाह्रदशी डाँडा ।
बाह्रदशी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित बाह्रदशीलाई (कञ्चनगढ र साधुकुटी)को नामले पनि धेरैले चिन्ने गर्दछन् । पूर्व पस्चिम मुख्य राजमार्ग अन्तरगत बिर्तामोड देखि ३ किलो मिटर पस्चिम चारपाने चोकबाट ७ किलो मिटर दक्षिणमा पर्छ बाह्रदशी । विर्ता बजारबाट पस्चिम लालमाटी हुदै चौबाटो आएर दक्षिण लाग्दा पनि बाह्रदशी पुग्न सकिन्छ । त्यसैगरी लक्ष्मीपुरबाट दक्षिण घैलाडुब्बा हुदै चैतुबारी पुगेर दक्षिण झर्दा पनि पुगिन्छ बाह्रदशी ।
बाह्रदशी पुग्ने वित्तिकै त्याहाँको अलौकिक दृष्य र वर्तमान परिवेशलाई देख्दा बाह्रदशीको बारेमा गहिराहीमा पुगेर धेरैले बुझन् र जान्न उत्सुक्ता राख्ने गरेका छन् । नयाँ गन्तव्य जानमन पराउने हरुकालागि जानकारी अनि ईतिहासको पानामा के कस्ता प्रमाणहरु रहेको छ भनेर आमसंचार डटकमको टोलीले राखेको जिज्ञाषामा कञ्चनगढ गौरीशंकर शिवालय गायत्री स्वरुप आश्रम साधुकुटीका अध्यक्ष ज्ञानु सुवेदीको भनाई रहेको छ ।
बाह्रदशी शिवालय मन्दिर देखि सय मिटर उत्तरमा पुरानो ऐतिहासिक धारा अहिले पनि रहेको छ । धारा कहिलेबाट प्रयोगको रुपमा ल्याउन थालियो भने यकिन मिति स्थानिय कसैलाई थाहा छैन । स्थानियको भनाई अनुसार महाभारतकालमा राजा सैलेसले राज्य गर्ने गरेका थिए । सो समयमा राजाकी छोरी कञ्चनलाई सुरक्षा दिनको लागि गढ स्थापना गरिएको किम्वदन्त्ती रहेको छ । उनै युवरागनीेको नामबाट कञ्चन धारा नाम रहन गएको होे । अहिले पनि उक्त धाराबाट पानी आईरहेको छ । विगतको बर्षमा डाँडामा पानीको श्रोत कतै नहुदा सिंगो बाह्रदशीमा बसोबास गर्ने नागरिकहरुले यसै धाराको पानी प्रयोग गर्ने गरेको र ३५ बर्ष अगाडी आफूहरु स्कुलबाट आउदा पनि यसैै धाराको पानी खाने गरेको स्थानिय बाशु पाण्डेको भनाई रहेको छ ।
बाह्रदशीमा रहेको मुख्य मन्दिर शिवालय हो । यस मन्दिरमा २१ पटक पुराण आयोजना भईसकेको छ । यसै क्षेत्रमा डाडाँका चारैतर्फका फेदमा देवीदेवस्थल र शक्ति पिठहरु पनि रहेका छन् । देवीको मन्दिरहरु देवीथानबाट विकास हुदै मन्दिरमा परिवर्तन गरिएको हो । उक्त देवी मन्दिरहरुमा देशका विभिन्न स्थानबाट दर्शन पूजापाठको लागि भक्तजनहरु आउने गरेका छन् । यतीका धेरै देवीथान, मन्दिरले पनि यो क्षेत्र ऐतिहासिक धार्मिक स्थल हो भनेर पुष्टि हुन्छ ।
बाह्रदशी धार्मिक क्षेत्रले मात्र होईन जैविक विभिदता, बनस्पतीले पनि उत्तिकै महत्वको रहेको छ । हजारौं पुनारा बोट विरुवारहरु साधुकुटीसंगैं जोडिएको बाह्रदशी सामुदायिक बनमा पाईन्छ । सामुदायिक बनलाई यतीवेला प्राकृतिक परापर्यटको संरक्षण गर्दै वृहत पर्यटकिय स्थलको रुपमा विकास गर्दै लगिएको छ । बाह्रदशीमा ११ तल्लाको भ्युटावर बनाउने काम भईरहेको छ । जंगलको विच विचमा बस्ने चौताराहरु निर्माण, खानेपानी, विजुली विस्तार गरिएको छ । जंगल भित्रको बाटोहरुलाई व्यवस्थित पारिएको छ । साथीभाई, पारिवारिक घुमफिर र बनभोज खान आउनेहरुको लर्को लाग्न थालेको सामुदायिक बनका कर्मचारी वेदनिधी ढकालले बताएका छन् ।
पहिला कच्ची बाटोका कारण वाध्यता बाहेक बाह्रदशी जान नचाहानेहरु यतीवेला रमाईलो मान्दै बाह्रदशी डाडाँ पुग्न थालेका छन् । एका एक यसरी सर्बसाधारण पुग्न थाल्नुको मुख्य कारण बाटो भएको छ । अहिले फराकिलो नयाँ कालोपत्रे सडक बनेको छ । चारपानेबाट मोटरबाट ९ मिनेट ४७ सेकेण्डमा पुग्न सकिने भएकोले समयको बचत, सवारीको इन्धन र अन्य खर्चहरु कम हुने भएकाले अनि अत्यनतै मनमोहक स्थलका कारण मानिसहरुमा बाह्रदशी जाने इच्छा बढन थालेको बुभिएको छ । प्रकृतिले दिएको शुन्दर र शान्त क्षेत्रलाई स्थानिय सरकारले प्रार्थमितामा राखेर पर्यटन विकास गर्न तर्फ ध्यान दिने हो भने स्थानिय सयौंको रोजगारीको बाटो खुल्ने थियो । जनताको आर्थिक स्तर माथी उठाउने काममा लाग्न सके पालिको पनि श्रीवृद्धि, नाम सुवास बढने निस्चित देखिएको छ । आज लगभग ओझेलमा परेको बाह्रदशी डाँडा केही बर्षमै झापाकै मुख्य पर्यटकिय गन्तव्य बन्न सक्नेमा कुनै दुईमत नै छैन ।
भिडियो पनि हेर्नुहोस् ।