Aamsanchar

सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्कालै थालिने

Author Image
शनिवार, मंसिर ४, २०७८

     

काठमाण्डाै – नदीको कटान नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्धको मर्मत कार्य तत्कालै थालिने भएको छ । 

नदीले धेरै ठाउँमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो । यस विषय अध्ययनका लागि नेपाल–भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले ‘फिल्ड भिजिट’को काम समेत सकेको छ । टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभागका प्रवक्ता समेत रहनु भएका उप–महानिर्देशक कृष्णप्रसाद नेपाल लगायतको उपस्थिति थियो ।

उच्चपदस्थ टोलीमा सहभागी नेपालले भन्नुभयो, “अर्को बाढीभन्दा पहिले गर्नुपर्ने काम आइडेन्टिफाइ गर्नु पर्ने र आइडेन्टिफाइ गरेको कामलाई फिल्ड भेरिफिकेशन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो । बाँकी अन्य मर्मत लगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ ।”

भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सीके एल.दासले गर्नु भएको थियो । उहाँले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताउनु भयो । दासले थप एजेण्डाका विषयमा भने हाई कमिटीको बैठकमा कुरा उठाउने बताउनु भयो ।

टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारीका अलवा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी हुनु भएको थियो ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर