Aamsanchar

झापाकी डिम्पल मिस ग्राण्ड नेपालको उत्कृष्ट १५ मा

Author Image
मङ्गलवार, मंसिर ७, २०७८

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–२, चारपानेकी डिम्पल खरेले यति बेला मिस ग्राण्ड नेपाल २०२१ को उत्कृष्ट १५ मा पुगेकी छन् ।
काठमाडौको ठमेल स्थित होटल नेपालयमा संचालन भईरहेको मिस ग्राण्ड नेपाल २०२१ को प्रतियोगितामा झापाकी सुन्दरी उदयमान प्रतिभाशाली मोडल डिम्पल उत्कृष्ट १५ मा परेकी हुन ।
छोटो समयमा निकै चर्चामा रहेकी डिम्पलले ‘छिमेकी देश भारतमा पनि यस्ता थुप्रै प्रतियोगितामा भाग लिईसकेको बताईन ।

‘मोडलिङ क्षेत्रमा आफूलाई समाहित गर्दै एक कुशल र उदारणिय मोडलको रुपमा स्थापित हुने उद्देश्य बोकेर आएकी छु,’ भविश्यमा मोडलिङ क्षेत्र संगै समाज सेवामा लाग्ने सोच बनाएको खरेलले बताईन् ।
‘आफूले मिस ग्राण्ड नेपाल २०२१ को ताज उचाल्न सफल भए भने त्यो दिनको सफलता संगै सामाजिक कार्यक्रमा पनि केही गरी हाल्ने छु ।’ सामाजिक क्षेत्रको पहिलो काम के गर्नु हुन्छ भन्ने आमसंचारले राखेकोे जिज्ञाषामा डिम्पलले भनिन् ‘दुःखी, अनाथ बालबालिकालाई केयर गृहमा लगेर उनिहरुको उज्वल अविश्य निर्माणको लागि अभियान सुरु गर्नेछु ।’

डिम्पलले सानैदेखि यो क्षेत्रमा रुचि राख्ने भएको बताएकी छन् । उनले गायन , कविता वाचन , लेखन , नाटक कलाकारिता प्रति पनि झुकाब रहेको बताईन् ।
मिस ग्राण्ड नेपालको ताज पहिरनका लागि संघर्ष गरिरहेकी खरेलले अन्य १४ जना संग भिड्दै अघिबढनु पर्ने हुन्छ । ताज पहिरनु सजिलो छैन विभिन्न स्टेपमा विभिन्न अङक बटुल्दै जानू पर्ने हुन्छ । सबै राउन्डमा फरक फरक नम्बर हुने गर्छन र अन्तमा जोडदा जस्को धेरै नम्बर आउँछ उसले नै मिस ग्राण्ड नेपाल २०२१ को ताज पहिरिन्छ ।

खरेललाई यसरी भोट गर्न सकिन्छ ।

  • मिस ग्राण्ड नेपालको पेजबाट अपलोड गरिएका कन्टेस्टेन्टहरुको फोटोहरु मध्यमा कन्टेस्टेन्ट नम्बर ११ मा गएर डिम्पल खरेललाई लाईक , कमेन्ट अनि सेयर गर्ने
  • ईसेवा एप्लिकेसन खोलेर भोटिङ अपसन अन गरि मिस ग्राण्ड नेपालको फोल्डर खोलेर त्यहा भएका १५ जना कन्टेस्टेन्ट मध्य कन्टेस्टेन्ट नम्बर ११ मा आफुलाई मन लागेको जति भोट गर्न पाईनेछ ।
  • प्रतियोगी डिम्पल खरेलको परिचयात्मक भिडियो युट्युबमा गएर उक्त भिडियो हेरेको पनि भोट काउन्ट हुने भएको छ ।
  • आयोजक टिम द्वारा वितरण गरिएको टिकटहरुलाई खरिद गरिदिएर पनि खरेललाई सहयोग गर्न सकिनेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर