Aamsanchar

गुडिरहेको गाडीबाट लडेर बीबीएस पहिलो वर्षमा अध्ययनरत छात्राको मृत्यु

Author Image
बुधवार, मंसिर ८, २०७८

           

जनकपुरधाम : गुडिरहेको गाडीबाट लडेर धनुषामा बुधबार एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको धारापानीमा गुडिरहेको विङ्गगरबाट लडेर एक १८ वर्षीया छात्राको मृत्यु भएको हो ।

धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका ७ भगवानपुरी पूजा कुमारी महतो बुधबार बिहान मृत्यु भएको हो । बुधबार बिहान ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कलेजबाट कुनै कामको लागि ढल्केबरतर्फ आउन लागेको बेला दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)