Aamsanchar

कांग्रेस प्रदेश १ को विराटनगरमा हुने

Author Image
बिहिवार, मंसिर ९, २०७८

मोरङ — कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा मंसिर १६ गतेदेखि हुने भएको छ । कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस प्रदेश १ प्रथम अधिवेशन प्रचार समिति संयोजक राजिव कोइरालाले बुधबार बसेको आयोजक समितिको बैठकले विराटनगरमा प्रदेश १ को अधिवेशन गर्ने निर्णय भएको बताए ।

अधिवेशनको उद्घाटन सत्र विराटनगरको शंकरपुरस्थित खाली मैदानमा र बन्द सत्र जहदा रोडस्थित सिद्धि पार्टी प्यालेसमा हुने निर्णय भएको उनले बताए ।

अधिवेशनको पार्टीका केन्द्रीय सदस्य तथा आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्ने कोइरालाले बताए । विराटनगरको शंकरपुरमा हुने उद्घाटन सत्रमा १ हजार ७ सय प्रतिनिधिसहित दुई हजार बढीको सहभागिता रहने उनले सुनाए ।

प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल र ओखलढुंगाका रामहरी खतिवडा र संस्थापन इत्तर पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे र संसदीय दलका नेता कोइराला आकांक्षी देखिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर