Aamsanchar

भोकमरीको अवस्थामा पुगेको हुम्लामा खाद्यान्न पठाउन ढिलाइ

Author Image
शुक्रवार, मंसिर १०, २०७८

काठमाण्डाै – हुम्लामा खाद्यान्न पठाउन ढिलाइ भएको छ । यसअघि गृह मन्त्रालयले भोकमरीको अवस्थामा पुगेको हुम्लाको नाम्खा गाउँपालिका वडानम्बर ६ लिमीमा आज खाद्यान्न पुर्याउने जनाएको थियो ।

सरकारसँग चामल माग्न काठमाण्डौ आएका नाम्खा गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङ र सांसद छक्कबहादुर लामासँगको भेटमा मन्त्रालयले चामल ढुवानी गर्ने बताएको थियो । तर, अहिले  मन्त्रालयले सेनाको हेलिकप्टर बिग्रिएको भन्दै खाद्यान्न पठाउन ढिलाइ गरेको छ ।

 गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले आउँदो सोमवारसम्म भने खाद्यान्न पठाउने गरी तयारी भइरहेको प्रतिक्रिया दिनुभयो । ‘हेलिकप्टर बिग्रेकाले आज खाद्यान्न पठाउन सकेनौँ’, ‘आउने सोमवारसम्म  जसरी भए पनि खाद्यान्न पठाउँछौँ’उहाँले भन्नुभयो ।

गृहले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पनि  खाद्यान्न पठाउन आग्रह गरेको छ । तर खाद्यले टेन्डर प्रक्रियामार्फत हुम्लामा खाद्यान्न ढुवानी गर्दा लामो समय लाग्ने देखिन्छ ।  अहिले  खाद्यान्न पठाउने विषयमा हुम्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको प्रवक्ता पोख्रेलले बताउनुभयो । गृहले खाद्यान्न पठाउन ढिलाइ गर्दा हुम्लामा खाद्यान्नको समस्या झन् बढ्दै गएको छ ।

ढुवानीमा कमिसनको खेल हुँदा हुम्लाका धेरैजसो क्षेत्रमा चामल अभाव भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङले बताउनुभयो। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)