Aamsanchar

झापामा जंगली हात्तीको आक्रमण एक व्यक्तिको मृत्यु

Author Image
शुक्रवार, मंसिर १०, २०७८

झापा । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमण परी एक बृद्धको मृत्यु भएको छ ।

मेचीनगर १४ स्थित शनिबारे भन्ने स्थानमा आज (शुक्रबार) बिहान एक जना चिया मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी झापाका अनुसार हात्तीको आक्रमण परी मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ का रामबहादुर बुर्जा मगर रहेका छन् । मेचीनगर १४ का टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा बृर्जालाई जंगली हात्तीले आक्रमण गरेको थियो ।

बिहान ६ः३० बजे हात्तीको आक्रमणमा परेका बुर्जाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले आक्रमण गरेको खबर पाउनसाथ इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी खटिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)