Aamsanchar

एमाले महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदै

Author Image
शनिवार, मंसिर ११, २०७८

     

काठमाडौं : नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ। चितवनको सौराहस्थित सेभेन स्टार होटल परिसरमा बिहान १० बजे सुरु हुने बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ।

बन्दसत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो। सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ।

यसअघि ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पास गरेअनुसार २२५ सदस्यीय केन्द्रीय कमिटी अब ३०१ सदस्यीय बन्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार एमाले केन्द्रीय कमिटीमा अब अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासभिव ३ र सचिव ७ गरी १९ जना पदाधिकारी हुनेछन्। यसअघि हटाइएको पोलिटब्युरो पनि ब्युँताउने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ। केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिट्ब्युरो गठन गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर