Aamsanchar

जाजरकोट बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत

Author Image
आइतवार, मंसिर १२, २०७८

     

काठमाडौं : जाजरकोटमा बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।  मृत्यु हुनेमा रुकुम पश्चिमकी ४ वर्षीया विद्या शाही, उनकी आमा चन्द्रा मल्ल शाही, जाजरकोटकी अनिला नेपाली, शेरबहादुर परियार र सप्तरीका गंगाप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारी दिएको छ। 

नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको को ना ७ ख २७५७ नम्बरको रात्रि बस गएराति २ बजे कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो।  जाजरकोटका डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ यात्रु सवार थिए। घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)