Aamsanchar

लागुऔषध सहित बिराटनगरबाट २ जना पक्राउ

Author Image
आइतवार, मंसिर १२, २०७८

   मोरङ– मोरङ बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् ।

हिजो बेलुकी ५ बजे सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर