Aamsanchar

लागुऔषध प्रयोगकर्ताहरुसँग पैसा उठाउन खोज्ने नक्कली प्रहरी पक्राउ

Author Image
आइतवार, मंसिर १२, २०७८

 

  

विराटनगर : प्रहरीको ‘घुमुवा हुँ’ भन्दै लागुऔषध प्रयोगकर्ताहरुसँग पैसा उठाउन खोज्ने एक जना विराटनगरबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको नाम बेच्दै ‘नक्कली घुमुवा’ बनेर लागुऔषधका दुव्र्यसनीसँग रकम ‘बार्गेनिङ’ गर्दै गर्दा विराटनगर महानगरपालिका–१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङ पक्राउ परेका हुन् ।

 मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले लागुऔषध सेवन गर्नका लागि भारतको जोगवनीतिर जाने गरेका विभिन्न व्यक्तिहरुसँग चेम्जोङले तीन लाख रूपैयाँ मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धान र कारबाही अघि बढाउन उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । चेम्जोङविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउनलाई प्रहरीले आइतबार म्याद थपको तयारी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)