Aamsanchar

रामधुनीमा ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु

Author Image
सोमवार, मंसिर १३, २०७८

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका ६ ईचौलमा ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बराह नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाह रहेका छन् ।

आईतबार राती सवा १० बजे कान्छिचौकबाट कालाबन्जार तर्फ जादै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना हुदाँ पछाडिको ट्रलिले किचेर गम्भिर घाईते भएका मल्लाहको धरान घोपामा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको हो ।
ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । ट्याक्टर चालक फरार रहेकोले खोजतालस भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)