Aamsanchar

मोरङमा आमाले कुटपिट गर्दा छोराको मृत्यु

Author Image
सोमवार, मंसिर १३, २०७८

 

विराटनगर- मोरङको कटहरी गाउँपालिकामा आमाले कुटपिट गर्दा घाइते भएका छोराको उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका–५ की ५५ वर्षीया बातियो उराउको कुटाइबाट उनकै छोरा ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर पुगेका राजेन्द्रले पारिवारिक विवाद निकालेर शनिबार राति घरमा झगडा गरेका थिए ।

झगडा गर्न थालेपछि आमा बातियोले लट्ठीले कुटपिट गर्दा राजेन्द्र घाइते भएको उनको भनाइ छ । घटनालगत्तै राजेन्द्रलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो । सामान्य उपचारपछि घर फर्काइएका उनको स्वास्थ्यमा थप समस्या आएपछि आइतबार राति नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

घटनाका बारेमा ढिलो गरी जानकारी पाएको प्रहरीले घटनास्थलमा पुगेर राजेन्द्रलाई थप उपचारका लागि नोबेल लगेको हो । उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)