Aamsanchar

कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी

Author Image
सोमवार, मंसिर १३, २०७८

 

   

विराटनगर : नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन्। संस्थापन इतर प्यानलका भण्डारी सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

आइतबार भएको मतदानमा भण्डारीले १ हजार ४ सय २२ मत प्राप्त गरे भने श्रेष्ठले १ हजार ३ सय ९ मत पाए। भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी निभाएका थिए।

उपसभापतिमा संस्थापन इतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन्। सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापन इतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)