Aamsanchar

एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरू

Author Image
सोमवार, मंसिर १३, २०७८

         

चितवन –नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ ।

मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा ओली,भीम रावलका साथै अरु नेताहरुले मतदान गरे । उपमहासचिवमा निर्विरोध भएका

प्रदीप ज्ञवालीले सर्वसम्मतिको प्रयत्न गर्दा मतदान सुरु गर्न ढिला भएको बताए । अध्यक्षका उम्मेदवार भीम रावल पछाडि हट्न तयार नभएकाले सबैमा सर्वसम्मति हुन नसकेको भन्दै उनले भने, ‘सर्वसम्मति नभएकाले लोकतान्त्रिक प्रतिस्पर्धा भयो, यसलाई सहज र स्वभाविक ढंगले लिनुपर्छ ।’

निर्वाचन आयोगका अनुसार यसअनुसार अब अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)