Aamsanchar

कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ यात्रु घाइते

Author Image
मङ्गलवार, मंसिर १४, २०७८

कास्की : पोखरा–बागलुङ सडकखण्डमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा आज दुर्घटना भएको हो। बस सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ। उनको उपचाका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। घाइते यात्रुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)