Aamsanchar

उद्धव थापा देउवा–सिटौला समूहबाट प्रदेश सभापतिको उमेदवार

Author Image
बिहिवार, मंसिर १६, २०७८


विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उमेदवारी दिने घोषणा गरेका छन्
पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले उमेदवारी दिने तय भएको हो । उनले प्रदेशमा चुनावी अभियानसमेत शुरु गरिसकेका छन् । नेपाली कांग्रेसलाई बदलिंदो परिवेशमा अझ सशक्त बनाउन अनि लोकातान्त्रिक मूल्य मान्यतालाई दर्बिलो पार्ने अभियानलाई जोड दिन आफूले उमेदवारी दिन लागेको थापाले बताएका छन् ।

वि. सं. २०३४ सालतिर काठमाण्डौंको शंकरदेव क्याम्पसवाट नेविसंघको इकाईबाट राजनीतिक जीवन शुरु गरेका थापा २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागि बहुदलको प्रचार अभियानमा सक्रिय थिए । उनले विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गरेका थिए ।
कांग्रेसको झापा अर्जुनधारा गाउँसमितिको सचिव/सभापतिको हुँदै उनले झापा २ नं निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पुरा गरिसकेका छन् ।

वाणिजय शास्त्रमा स्नातक गरेका थापा थापा ज्ञानेन्द्र शाहको शाहीकालमा सेनाको युनिफाइड कमान्डद्वारा पक्राउ परी चारआली ब्यारेकमा बंकरमा थुनिएका थिए । प्रदेशमा कांग्रेसको भूमिका अझ स्पष्ट रुपमा अघि बढाउन र लोकतान्त्रिक शक्तिबीच सन्तुलन कायम गरी संघीय गणतन्त्र संस्थागत गर्न आफूले अझ भूमिका निर्वाह गर्ने थापा बताउँछन् । कांग्रेस प्रदेश १ को चुनाव यही शनिबार प्रदेश राजधानी विराटनगरमा हुँदैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर