Aamsanchar

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : ‘पोस्टकोभिड समयमा अधिकारका लागि लडाइँ’

Author Image
शुक्रवार, मंसिर १७, २०७८

३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

सन् २००७ सम्म यसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो । प्रत्येक वर्ष यो दिवसले विभिन्न विषयमा आफूलाई केन्द्रित राख्छ । तर, विषय वा शीर्षक जे भए पनि यो दिनको खास उद्देश्य हो– अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्नु र यसबारे हुनसक्ने समस्याहरुको समाधान निकाल्न प्रयास गर्नु ।

सन् २०२१ को आजको दिन यो दिवसको मूल नारा रहेको छ– पोस्टकोभिड समयमा अधिकारका लागि लडाइँ । दुई वर्षदेखि पूरै विश्व महामारी कोभिड १९ सँग लडिरहेको छ । यो समयमा अरु सबै जनाजस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि चुनौति थपिएका छन् । यही विषयलाई मध्यनजर गर्दै आजको दिन उनीहरुको अधिकारका लागि विशेष कार्यक्रमहरु गरिन्छ ।

केही वर्ष पहिलेसम्म नेपालमा अपाङ्गता भएका व्यक्तिहरुलाई अलिक फरक नजरले हेर्ने गरिन्थ्यो । कतिपयले रुढीवादी अन्धविश्वासका कारण पनि यस्तो फरक सोच राख्ने गरेका थिए । तर, अब विस्तारै सहरहरुमा अपाङ्गमैत्री संरचना बन्न थालेका छन्, अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि नयाँ निर्माणहरुमा सहज कसरी बनाउने भन्ने सोच्न थालिएको छ, उनीहरुले विशेष अवसर पाउन थालेका छन् । हामीले आजको दिन नेपालका गाउँगाउँसम्म यो सन्देश लैजानु आवश्यक छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर