Aamsanchar

अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने छु : मन्त्री यादव

Author Image
शुक्रवार, मंसिर १७, २०७८

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्ने बताउनु भएको छ । उहाँले अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा कार्यरत संस्थाप्रति आफु सँधै सकारात्मक रहेको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले आज आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । मन्त्री यादवले भन्नुभयो,‘ शारिरीक रुपमा समस्या भएपनि उहाँहरु मानसिक रुपमा तेज हुनुहुन्छ ।’ अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा अझैपनि परिवर्तन हुन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ अध्यक्ष पार्वता श्रेष्ठले डिसेम्वर ३ अपाङ्गता भएका व्यक्तिहरुको हर्ष, उत्सवको दिन भएको बताउनुभयो । उहाँले दिवसको अवसर पारि अपाङ्गता भएका व्यक्तिहरुले गरेको उपलब्धीलाई संस्थागत गर्ने दिन पनि भएको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगर जनआन्दोलन चोकबाट शुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रम गरि जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर