Aamsanchar

धरानमा ‘इष्ट टुरिजम मार्ट’ आयोजना हुने

Author Image
शनिवार, मंसिर १८, २०७८

सुनसरी । आगामी माघ १ देखि ३ गतेसम्म सुनसरीको धरानमा ‘इष्ट टुरिजियम मार्ट’ हुने भएको छ ।

नेपाल पर्यटन वोर्डले १ नम्वर प्रदेश अन्तर्गत धरान, विराटनगर वा विर्तामोडमध्ये कुनै एक ठाउँमा आयोजना गर्नका लागि स्थान तोकेर सम्वन्धित स्थानीय सरकारसँग समन्वयका लागि सहजीकरण गर्न उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय १ नम्वर प्रदेशलाई अनुरोध गरेको थियो ।

सोहि अनुसार शुक्रबार इटहरीमा सम्पन्न सरोकारवालाहरूको वैठकले धरानमा गर्ने निर्णय भएको वैठकमा सहभागी नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा १ नम्वर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।

मार्ट सम्पन्न गर्न उद्योग वाणिज्य महासंघ १ नम्वर प्रदेश पर्यटन समिति संयोजक भविशकुमार श्रेष्ठको संयोजकत्वमा हाललाई एघार सदस्यीय मार्ट व्यवस्थान तथा स्थानीय आयोजक समिति गठन भएको छ ।

समितिको सहसंयोजकमा नाट्टा अध्यक्ष उदयकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघ १ नम्वर प्रदेश अध्यक्ष राजन दंगाल र पर्यटन अभियन्ता अर्जुनकुमार कार्की रहेका छन् ।

सचिवमा एलिना मगर, कोषाध्यक्षमा नारायण पन्दाक लिम्बू तथा सदस्यहरूमा वासुदेव वराल, देवि गौतम , प्रेमकुमार सुब्बा, मदन ढकाल रहेका छन् ।

सल्लाहकार सदस्यमा राजन श्रेष्ठ र मणिन्द्र कटवाल लाई चयन गरिएको छ ।
१ नम्वर प्रदेशका पर्यटकिय सेवा तथा सम्पदाहरूको वजारीकरणमा मुख्य योगदान रहोस भन्ने उद्धेश्यका साथ मार्ट आयोजना गर्न लागिएको नाट्टा अध्यक्ष श्रेष्ठको भनाई छ ।

१ नम्वर प्रदेशका पर्यटन व्यवसायीहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई उपलब्ध गराउने पर्यटकिय गतिविधी एवम् सेवाहरूको प्रवद्धन तथा बजारीकरणकालागि भारतका छिमेकी राज्यहरू र नजिकैका समभाव्य अन्य स्रोत बजारका टुर अपरेटर र पर्यटन सम्बद्ध व्यक्तिहरूबीच व्यवसायिक अन्तरक्रियाद्वारा प्रदेशको पर्यटन प्रवद्धनमा सघाउ पुग्ने विश्वास समितिले लिएको अध्यक्ष भविशकुमार श्रेष्ठले जानकारी जानकारी दिए ।

१ नम्वर प्रदेशको समग्र पर्यटन गतिविधि तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार तथा प्रवद्धन गर्ने उद्धेश्यका साथ पर्यटन सम्वद्ध छाता संस्थाहरू तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा पुर्वी नेपालको प्रमुख गन्तव्यमा टुरिजम मार्ट वि टु वि आयोजनाका लागि ३० लाख रूपैयाँ चालू आर्थिक वर्ष २०७८/२०७९ मा नेपाल पर्यटन वोर्डले विनियोजन गरेको वोर्डका कार्यकारी प्रमुख डाक्टर धनञ्जय रेग्मीले बताए।

प्रदेश स्तरीय पर्यटन व्यवसायीहरूको व्यवसायिक विकास विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारको टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारको साझेदारीमा प्रत्येक प्रदेशमा ‘प्रादेशिक टुरिजम मार्ट’ को आयोजना गर्ने वोर्डको आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम रहेको डाक्टर रेग्मीको भनाई छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर