Aamsanchar

राजेन्द्र लिङ्देन विजयी हुनुमा पुर्व राजाकाे हात रहेकाे कमल थापाकाे आरोप

Author Image
आइतवार, मंसिर १९, २०७८

 

       

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । 

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । लिङ्देनलाई पूर्व राजा ज्ञानेन्द्रको साथ रहेको बताइएको थियो । त्यसप्रति थापाले असन्तुष्टि जनाएका हुन् । भर्खरै सार्वजनिक मत परिणाम अनुसार उनी अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर