Aamsanchar

राप्रपा महाधिवेशन : कुन्ती शाहीसँग नायिका रेखा थापा पराजित

Author Image
आइतवार, मंसिर १९, २०७८

 

     

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको महामन्त्रीमा उमेदवारी दिएकी नायिका रेखा थापा पराजित भएकी छिन् । 

महिलातर्फको महामन्त्रीमा कुन्ती शाहीसँग प्रतिस्पर्धा गरेकी उनी पराजित भएकी हुन् । कुन्ती २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती कमल थापाको प्यानलमा थिइन् भने रेखा राजेन्द्र लिङदेनको प्यानलबाट चुनाव लडेकी थिइन् । मतपरिणामपछि उनले सञ्चारकर्मीसँग आफूले पाएको मत सम्मानजनक रहेको भन्दै यसलाई आफूले जितका रुपमा लिएको बताएकी छिन् । आगामी दिनमा जनताको मन जित्न थप काम गर्ने उनले प्रतिक्रिय दिएकी छिन् । राप्रपामा आएको नयाँ नेतृत्त्वले पार्टी भित्रका विक्रिति र विसंगतीलाई पन्छाएर जनताको पक्षमा काम गर्नुपर्नेमा उनको जोड छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर