Aamsanchar

कांग्रेस प्रदेश–१ को मतगणना सुरु

Author Image
आइतवार, मंसिर १९, २०७८

   

विराटनगर –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने तयारी थियो । तर, आचारसंहिता निर्माण र उमेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएको थियो । 

दिउँसो साढे १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
 
निर्वाचनको मतगणना स्थल मोरङ कांग्रेस पार्टी कार्यालयमा उमेदवार, तिनका प्रतिनिधि र कार्यकर्ताको ठूलो उपस्थिती छ । साँझ सम्पन्न निर्वाचनमा एक हजार ७५२ मत खसेको थियो । निर्वाचनमा पौडेल–कोइराला र संस्थापन पक्ष प्यानल बनाएर चुनावी मैदानमा छन् ।

प्रतिक्रिया (०)

सम्बन्धित खबर