Aamsanchar

कांग्रेस १४ औ महाधिवेशन : पुन मतगणना गर्न प्रदेश १ को निर्वाचनमा पराजित घिमिरेको माग

Author Image
सोमवार, मंसिर २०, २०७८

विराटनगर – नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको  प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्। आज (सोमबार) बिहान  आएको अन्तिम मत परिणाममा उनी २ मतको मतान्तरले उद्वव थापासँग पराजित भएका थिए। उनी पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।

उनले पुनः मतगणनाका लागि केन्द्रीय निर्वाचन र प्रदेश निर्वाचन समितिमा निवेदन दिएका छन्। चित्त बुझ्दो मतपरिणाम नआए पछि  पुनः मतगणना माग गरेको घिमिरेले बताए। थापाले आठ सय ४४ मत ल्याएर कांग्रेस प्रदेश १ को सभापतिमा  विजयी भए भने घिमिरेले आठ सय ४२ मत प्राप्त गरेका छन्।

पार्टी नेता कृष्णप्रसाद सिटौला समूहका थापालाई पार्टी अध्यक्ष शेरबहादुर देउवाको समर्थन थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)