Aamsanchar

झापामा संचालनमा आयो एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज,नायिका स्वस्तिमा ब्राण्ड एम्बेस्डर

Author Image
सोमवार, मंसिर २०, २०७८

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा एभरेष्ट लार्ज कार्डमम प्रा.लि.ले संचालनमा ल्याएको अलैंची प्रशोधन उद्योगको औपचारिक उदघाटन गरिएको छ । सोमबार कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघ प्रदेश १ अध्यक्ष टिकाराज ढकाल र अभिनेतृ स्वस्तिमा खड्काले संयुक्त रुपमा उदघाटन गरेका थिए । खड्का ब्राण्ड एम्बेस्डर पनि हुन् ।

पहाडी जिल्लामा उत्पादनहुने नगदेबाली ‘कालो सुन’ भनेर चिनिने अलैंचीलाई प्रशोधन गरेर तयार पारिने मिजाज माण्न्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैची दाना र मिजाज अलैंची नामका चार वटा उत्पादनहरु सुरु भएको प्रा.लि.का अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।

माउन्टेन पल्र्स मिजाज माउन्टेन पल्र्स स्वादिष्ट चाँदी–लेपित उच्च कोटीका अलैची बीजलाई केसरको साथ मिसाएर तयार पारिएको छ । यो बिशेष गरी माउथ फ्रेसनरको रुपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत र रक्त सञ्चारमा पनि सुधार ल्याउने  अध्यक्ष  भट्टराईले जानकारी दिए । उनका अनुसार मिजाज माउन्टेन पल्र्स ४०० र २०० ग्राममा उपलब्ध छन् ।

मिजाज अलैंची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्बत र कोकटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ । यो पाउडर २० र ५० ग्राममा उपलब्ध छ । मिजाज अलैंची दाना उच्च स्तरीय अलैंची दानालाई प्रशोधित गरी सर्वोत्तम गुणस्तर तयार पारिएको अध्यक्ष भट्टराईले बताए । यस दानालाई शाकाहारी र मांसाहारी परिकार, मिठाई तथा चिया, सर्बत र कोकटेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिनेछ । यो दाना ५०० ग्राम र एक केजीको उपलब्ध छ ।

त्यस्तै मिजाज अलैची शाकाहारी र मांसाहारी परिकारमा मसलाको रुपमा र बिर्यानी, पुलाव, मासु तथा तरकारी जस्ता परिकारमा प्रयोग गरिने बताइएको छ । मिजाज अलैंची, १००, २००, ५०० ग्राम र एक केजीको प्याकेटमा उपलब्ध रहेको छ ।

नेपाली कच्चा अलैचींलाई प्रशोधनसहित तेस्रो मुलुकमा सम्म निर्यात गर्ने उदेश्य राखेर सुरु गरिएको उद्योगले विदेशी मुद्रा आर्जन गर्ने र नेपाली अर्थतन्त्रलाई माथी उठाउन सहयोग गर्नेमा आफूहरु आशावादी रहेको उद्योगका प्रवन्धक निर्देशक सञ्जिव घिमिरेले बताए ।

७ करोड रुपियाँको लगानीमा सुरु भएको उद्योगमा चार जनाले लगानी गरेका छन् । लगानी कर्ताहरुमा निर्मल भट्टराई, सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको रहेको छ । लगानी कर्ताहरुको भनाई अनुसार नेपाल, भारत, पाकिस्थान, बंगलादेश र अरब राज्यहरुमा एभरेष्ट लार्ज कार्डमम प्रा.लि.को उत्पादनहरुको माग बढी रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 409

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१
सुनको मुल्य
आइतवार, वैशाख २, २०८१