Aamsanchar

दर्जनौं संस्थाको समर्थनमा कृपा जिताऔं अभियान समिति गठन

Author Image
शुक्रवार, मंसिर २४, २०७८

बिर्तामोड । नेपालमा चर्चामा रहेको सांगीतिक टेलिभिजन कार्यक्रम ‘रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’मा उत्कृष्ठ १० मा पर्न सफल झापा बिर्तामोड–२, चारपाने, रामचोककी कृपा पौडेललाई फाईनलमा पुग्नको लागि भोटको सहारा आवस्यक पर्ने भएपछि कृपालाई भोट गरिदिन उनका पिता कुमार पौडेले स्वदेश तथा विदेशमा रहने संगीतप्रेमीहरु समक्ष भोट गर्नको लागि आर्थिक सहयोग गरिदिन अपील गरेका छन् ।

मध्ययम वर्गको परिवारमा हुर्केकी कृपाका बुवा कुमार पौडेल सामान्य रुपमा बिर्तामोडमा फोटोकपी सेन्टर संचालन गर्दै आएका छन् । यतीबेला छोरीको क्षमतालाई सबैले कदर गर्दै भोट गरेर उत्कृष्ठ १० औं स्थान सम्म पुर्याई दिएपछि छोरी कृपालाई संगीत क्षेत्रको शिखरमा पुर्याएर नेपाली संगीत क्षेत्रको विकासमा छोरीको योगदानलाई समर्पण गराउन सकिन्छकी भनेर दैनिक गुजरा चलाउनको लागि गर्दै आएको पेशालाई बन्द गरेर भोट र भोटका लागि आर्थिक सहयोग माग्दै दौडधुप गरिरहेका छन् ।

अन्तरनिहित गायन क्षमताको कारण ६ बर्षको बाल्य अवस्था देखि गुनगुनाउन थालेकी कृपाले ८ बर्ष उमेर देखि विभिन्न स्थानका स्टेजहरुमा गाउन सुरु गरेकी थिईन, उनले हाल सम्ममा १ सय ५० भन्दा धेरै स्टेजमा गायन प्रस्तुत गरिसकेको बुवा कुमार पौडेलले बताए । कृपाले बिर्तामोडको क्षितिज नाट्य, साहित्य चौतारी, सरगम संगितालय, सप्तक संगित लगायका संगीत पाठशालमा संगीत साधाना गर्दै आएकी छन् ।

उनको संगीत प्रतिको साधना, त्याग र तपस्यालाई नजिकबाट निहालेका र यतीवेला १४ बर्षको बाल्य उमेरमा कृपाले देखाएको उत्कृष्ट प्रस्तुतीका कारण कृपालाई लिटिल च्याम्प्स प्रतिष्पर्दामा अझ अगाडीको यात्रामा पुर्याउनु पर्छ भनेर बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा कृपा जिताउँ अभियान समिति गठन गरिएको छ ।

शुक्रबार वडा कार्यालय बेलडाँगीमा स्थानिय संघसंस्थाका प्रतिनिधी, राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्वहरुको भेलाले संग्रौलाको संयोजकत्वमा वृहत समिति गठन गरेको हो ।

समितिमा संस्थागत प्रतिनिधित्व गराईएको छ । जस अन्तरगत समितिको सह संयोजकमा क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित, कोषाध्यक्ष कृपाका बुवा कुमार पौडेल, सदस्यहरुमा नेकपा एमाले बिर्तामोड नगरसमिति अध्यक्ष सुवास भट्टराई, नेपाली काँग्रेस सभापित भोजराज सिटौला,नेकपा समाजवादीका अध्यक्ष श्रीप्रसाद सिटौला, एकता सेवा समाज चारपानेका अध्यक्ष डिल्लीराम सिटौला, सहारा नेपाल चारपाने सेवा केन्द्र अध्यक्ष विन्दु श्रेष्ठ, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बिर्तामोड शिक्षा शाखाबाट निता घतानी, रामचोक युवा समूहका अध्यक्ष भगिरथ लुईटेल, एकता स्र्पोटिङ क्लव चारपानेका अध्यक्ष किरण पौडेल त्यसैगरी नगर खेलकूद विकास समिति अध्यक्ष टिकाप्रसाद संग्रौला, साहित्य चौतारीका संरक्षक देविभक्त श्रेष्ठ, मोहनमाया मा.वि का प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ, नेप्लिज टिन्सका अध्यक्ष प्रेम ढुङगेल, सरगम संगीतालयका संचालक दिपक रायमाझी, क्षितज संगीत साधनाका अध्यक्ष निरज पोखरेल, सप्तक म्युजिक सेन्टर, सहारा नेपालका कार्यवहाक अध्यक्ष हरिप्रसाद निरौला, राप्रपा बिर्तामोड नगर समिति अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा मोओवादी नगर ईन्चार्ज युवराज दाहाल, राष्ट्रिय उपभोक्त मञ्च झापा अध्यक्ष मदन गोपाल सुब्बा त्यसैगरी कञ्चनजंगा एफएमका दिपेन्द्र पौडेल, वीरता लेडी जेसीज अध्यक्ष स्वस्तिका आचार्य, वीरता जेसीज अध्यक्ष राजिव धिमाल, रोटरी क्लव अफ विर्तामोड मिटटाउनका अध्यक्ष दिनेश पोखरेल, सूर्योदय टिभीका टिकाराम नेति, बाह्रदशीका समाजसेवी जीवन पनेरु, अन्तराष्ट्रिय समनवयनकर्तामा टिका धिताल, बिर्तामोडका वडाध्यक्षहरुमा १ नम्बरका अग्नीप्रसाद पाण्डे, ४ का कुलप्रसाद संग्रौला, ५ का राजेन्द्रप्रसाद लिङदेन, ६ का सूर्यप्रसाद कन्दङवा, ७ की चन्द्रकला संग्रौला, ८ का अजय कार्की, ९ की पवित्रा पाठक र १० नम्बर वडाका दुर्योधन गुरुङ सदस्यमा रहेका छन् ।

आजको भेलाले समिति गठन गरेको छ भने भोली शनिबार समितिको बैठक चारपाने स्थित सामुदायिक भवनमा विहान ८ बजे बस्ने निर्णय भएको छ । उक्त बैठकबाट समितिमा नाम थप र उपसमितिहरु पनि गठन गर्ने बताईएको छ ।

सानै उमेरमा तिखारिएको स्वरकी धनी कृपाले जज र जुरी मेम्बरको मन जितेकी छन् र कार्यक्रमका प्रशंसक एवं देश विदेशमा रहेका स्रोता र दर्शकको पनि । उसो त कृपाको स्वर तिखारिनुमा विविध कारण रहेका छन् । उनले संगीतमा सफल हुन गरेको मेहनत र श्रम नै कृपाको गहना हो ।

सारेगमपमा विभिन्न अडिसनमा देश तथा विदेशबाट ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगी सहभागीबाट कृपा टप १० मा आउन सफल बनेकी छन् ।

विभिन्न कार्यक्रममा भाग लिने कृपाले देशभित्रका विभिन्न प्रतियोगितामा पुरस्कारहरु पाएकी छन् । प्रदेश स्तरीय गायन प्रतियोगितामा कृपाले द्वतीय स्थान हासितल गरेकी थिइन् भने प्याब्सनका धेरै प्रतियोगितामा पनि उनले थुप्रै मेडल र पुरस्कारहरु जितेकी छन् ।

गायनका अतिरिक्त साहित्यमा पनि रुचि राख्ने कृपा नेपालको एक होनहार छोरीका रुपमा उदाएकी छन्।

स्वर सम्राट नारायण गोपालको ‘छोरीको जन्म हारेको कर्म ’ बोलको गीत गाएपछि त कृपाको चर्चा आकाशमै चुलिएको छ । उसो त कृपाले क्लासिकका अतिरिक्त अन्य विधाका गीतहरु पनि उत्तिकै राम्रो गाउन सक्छिन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर