Aamsanchar

सभापतिमा हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन् : देउवा

Author Image
आइतवार, मंसिर २६, २०७८

 

  

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ ।

आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिताउन आग्रह  गर्नु भएको हो । सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जसरी पनि जिताउन आग्रह गर्नु भएको हो ।उहाँले सभापतिमा हारेमा आफूमाथि धेरै  प्रश्न उठ्ने समेत बताउनु भएको छ । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उहाँले भन्नुभयो,’ त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला।’

यस्तै,  उहाँले कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताउनुभयो ।

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर