Aamsanchar

विराटनगरमा ‘खरानीको डोरी’ मञ्चन हुँदै

Author Image
बुधवार, पौष ७, २०७८

विराटनगर । आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर) विराटनगरमा प्रसिद्ध लोक लयमाआधारीत ‘खरानीको डोरी’ नाटक मञ्चनहुने भएको छ । विराट आदर्श आहित्यमञ्चको पाँचौ प्रस्तुतीको रूपमाउक्त नाटक भोलीबुधबार ४ बजेबाट मञ्चनहुने छ ।

नाटकमा विराटनगरका विभिन्न स्कुल कलेजमा पढ्ने विद्यार्थीको अभिनय रहेको छ । खरानीको डोरीको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुनभने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका हुन ।

नाटकमा प्रदिप दाहाल, अनिल खत्री, अतित निरौला, विकल्प दाहाल, विकेश बस्नेत, पुजा कटवाल, दीक्षा तिमल्सिना, तिर्थराज विश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ ।

विराटन आदर्श साहित्य मञ्चको आयोजनामा मञ्चन हुन गइरहेको नाटकमा मोरङ हिसान र प्याब्सन विराटनगरले सहकार्य गरेका छन् ।
अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको मञ्चकाअध्यक्ष कटवाल दीपकले बताए । भोली बुधबार ४ः३० बजेबाट नाटक मञ्चनहुने उनले जानकारी दिए ।

बिहिबारबाट हरेकदिन १०ः३० बजे र १२ः३० बजे गरेर दैनिक दुई पटक नाटक मञ्चन हुने उनले बताए । नाटक हेर्नकालागि विद्यार्थीका लागि १ सय र अन्य व्यक्तिकालागि २ सय शुल्क राखिएको उनले बताए ।
मञ्चले यो भन्दा अगाडी ‘मुनामदन’, ‘छिँडी भरीको आकाश’ लगायतका नाटक सफतापूर्वक मञ्चन गरिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 767

प्रतिक्रिया (०)

सम्बन्धित खबर